Author: Nisha Shrestha

काठमाडौँ- पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ। हराइरहेकाहरूको खोजी गर्ने क्रममा विमानको ब्ल्याक बक्स भेटिएको हो। ब्ल्याक बक्सबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुने छ। दुर्घटनाअघि पाइलटले बोलेका सबै कुराहरू ब्ल्याक बक्समा रेकर्ड भएको हुन्छ।

Read More

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ । आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोक गायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यो निर्णय गरेको हो ।  प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको अध्यक्षमा आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्नेसम्म गरेको प्रतिष्ठानले विज्ञप्ति मार्फत जानकारी गराएको छ । प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गर्दै २२ वर्षीया गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत बताएको छ ।

Read More

काठमाडौँ – भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरीक सहित ७ जना चालकलाई शनिबार‍ ट्राफिक प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा ७ जना चालकलाई आज भक्तपुरको जगातीबाट फेला पारेको हो । बा ६९ प ५६ २७ नम्बरको मोटरसाइकल चालक अमेरिकन नागरिक Tascom Hopcon, बा ९५ प ६२ ५१ नम्बरको मोटरसाकल चालक भक्तपुरको जगातीका अशोक गुरुङ, बा ८१ प ४२ ६३ नम्बरको मोटरसाइकल चालक…

Read More

काठमाडौं – सेयर बजार सोमबार बन्द हुने भएको छ । सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ, सोही कारण नेप्से पनि बन्द हुने भएको हो । आइतबार माघ १ गते पनि सरकारले माघे संक्रान्तिको अवसरम सार्वजनिक विदा दिएको थियो । यसअघि बिहीबार नेप्से सूचक ४१।०४ अंकले घटेर २१४९।३९ विन्दुमा अडिएको छ । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

Read More

सुर्खेत – कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तोकिएको बैठक पोखरामा भएको जहाज दुर्घटनाको शोकमा स्थगित गरिएको हो । प्रदेशसभाको स्थगित बैठक अब मङ्गलवार बस्ने प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । प्रदेशसभाको आइतबार बसेको बैठकले सभामुख चयन गरेको थियो । सभामुख चयनपछि प्रदेशसभाको बैठक आजका लागि तोकिएको थियो । तर, पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको शोकमा उक्त बैठक स्थगित गरिएको सचिवालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

Read More

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य थप २०० रुपैयाँले बढेर १ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य पनि सोमबार बढेको छ । आइतबार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १४०० रुपैयाँ पुगेको हो ।

Read More

काठमाडौँ – सत्ता साझेदार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनको निवास बालकोट पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् । राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेका बेला प्रचण्ड बालकोट पुगेका हुन् । प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने बालुवाटार स्रोतले जनाएको छ । दुई नेताबीच आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल हुने बताइएको छ ।

Read More

महेन्द्रनगर – सभामुखको निर्वाचनका लागि बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। सरकारले आज राष्ट्रिय शोक बिदा दिएको हुँदा प्रदेश सभा बैठक स्थगित गरिएको हो। आज बस्ने भनिएको प्रदेश सभा बैठक भोली बिहान १० बजे सम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। भोली १० बजे बस्ने प्रदेश सभा बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने छ। यहाँ कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन्। यस अघि दुई पटक सम्म भएको निर्वाचनमा सकैले पनि बहुमत ल्याउन नसकेपछि आजका लागि बैठक तोकिएको थियो।५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७…

Read More

काठमाडौँ – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् । साथै उनले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएका छन् । त्यस क्रममा प्रधानमन्त्रीले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

Read More

यति एयरलाइन्सकाको विमान दुर्घटनापछि हवाई सुरक्षाका विषयमा चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशङ्का र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार आजको दुर्घटना नेपालको हवाई उड्डयन क्षेत्रकै दुर्भाग्य हो । उहाँले दुर्घटनाको कारणको खोजी गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “यो आफैमा ठूलो र दुर्भाग्यपूर्ण घटना हो । तथ्य र कारण खोजी गरेर समाधानको उपाय खोजी गर्नुपर्छ”, मानन्धरले भन्नुभयो । हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने…

Read More