Author: Nisha Shrestha

काठमाडौं – सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिको आजको बैठकको शून्य समयमा सांसद विमला सुवेदीले भन्नुभयो, “म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने नारा सस्तो लोकप्रियताका लागि र जनताको आँखामा छारो हाल्नका लागि मात्रै होइन, कडाइपूर्वक कार्यान्वयन गर्न हो, भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ ।” सांसद बुद्धिमान तामाङले धादिङ जिल्लाभित्र रहेका विभिन्न सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भगवती चौधरीले सुनसरी जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा घर जलेर नष्ट भएको अवस्थामा सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद भीमप्रसाद आचार्यले सुनसरी जिल्लामा…

Read More

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन्। स्रोतका अनुसार रायमाझीले पठाएको पत्र संसद सचिवालयमा पुगेको छ। आजै एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ। महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।

Read More

काठमाडौं – नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रीय सचिव बिस्ना चन्दले राजीनामा दिएकी छन् । संघको हालै सम्पन्न नेपालगञ्ज महाधिवेशनबाट आफ्नो सहमतिबेगर जबर्जस्ती सचिव बनाइएको र अहिले त्यसबाट पनि घटुवा गरिएको भन्दै उनले सो पदमा नरहने घोषणा गरेकी हुन् । आज अध्यक्ष क्षितिज थेवेलाई राजनीमा पत्र बुझाउँदै उनले अबदेखि संगठनको साधारण सदस्यसमेत नरहने जानकारी गराएकी छन् । युवा संघमा आफ्नो लामो योगदान रहेपनि त्यसअनुसार मूल्याङ्कन नभएकोमा चन्दको चित्त दुखाई छ । सचिवबाटसमेत घटुवा गरेर मनोमानी ढंगले पदाधिकारीको नामलिष्ट सार्वजनिक गरिएकोमा पनि उनको गुनासो छ । नेपालगञ्जमा सम्पन्न संघको नवौं महाधिवेशनबाट महिलातर्फको सचिवमा सर्वसम्मत निर्वाचित चन्दले त्यसअघि आफू सचिवमा…

Read More

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका केन्द्रिय सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धानमा सहयोग पुर्‍याउन भन्दै कारवाहीको अन्तिम टुङ्गो नलागेसम्मका लागि पदबाट निलम्बन गरिएको केन्द्रीय कार्यालयले जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले बुधवार विज्ञप्ति जारी गर्दै शरणार्थी प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको जानकारी गराएका हुन् ।

Read More

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया) का राजदूत पार्क चोंग सुकले बिदाई शिष्टाचार भेट गरेका छन्। नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत सुकले सिंहदरबारस्थित कार्यकक्षमा बुधबार बिदाई शिष्टाचार भेट गरेका हुन् । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरेकोमा धन्यवाद दिँदै सवारीसाधन उत्पादन गर्ने र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना आग्रह गरे । उनले धेरै नेपाली युवायुवतीलाई इपिएसमार्फत रोजगारीको अवसर दिएकोमा धन्यबाद पनि दिए । सो अवसरमा हाल सम्म नेपालमा कोरियन एलायन्सले मात्रै उडान भर्दै आएकोमा नेपाल एलायन्सले पनि उडान गर्न सकेको…

Read More

काठमाडौँ– सांसद सुशीला श्रेष्ठले प्रदेश नं १ नामकरणको विषयमा भएको विवाद वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय माग गरेर बोल्दै उनले हिजो झापाको दमकमा भएको आन्दोलनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरीसमेत घाइते भएको बताउँदै वार्ताद्वारा समाधान खोज्न आग्रह गरेकी हुन् । ‘प्रदेश नं १ को नामकरण भएदेखि पहिचानवादीहरू आन्दोलनमा भएको कुरा विदितै छ, कोशी नामकरण सङ्घर्ष समितिको आह्वानमा हिजो वैशाख २६ गते झापा दमकमा शान्तिपूर्ण राँके जुलुस भएको थियो, शान्तिपूर्ण राँके जुलुसमाथि अनावश्यक अवरोध र हस्तक्षेप गर्दा झडप भएको छ, मानिसहरु घाइते भएको छन्’, उनले भने । सांसद श्रेष्ठले आन्दोलनका क्रममा…

Read More

काठमाडौं – बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सामेल भएर परराष्ट्र मन्त्री एनपी साउद स्वदेश फर्किएका छन् । आज बिहान कतार एयरको जहाजबाट परराष्ट्रमन्त्री साउद दोहा हुँदै काठमाडौँ आइपुगेका हुन् । मन्त्री साउदसंगै नर्वेका अन्तराष्ट्रिय विकास मन्त्री आन बेथ टिभ्नेरिमसहित ५ जनाको टोली काठमाडौँ आइपुगेको जनाइएको छ । परराष्ट्र मन्त्री साउद बैशाख २१ गते बेलायत गएका थिए ।

Read More

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र दबाबरहित भएर गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०-०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथिको छलफलमा भाग लिँदै उनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै पनि भेटघाट र बजारको हल्ला पनि प्रभावित नहोस् भनेका छन् । दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने र ल्याउनुपर्ने बताउँदै उनले भने, ‘बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । र कुनै पनि भेटघाट पनि प्रभावित नहोस् । कुनै पनि दबाब र प्रभावले प्रभावित नहोस् ।’ अनुसन्धान फ्रि र फियर हुनुपर्ने र कुनै पनि दोषी…

Read More

डडेल्धुरा- डडेल्धुराको आलितालमा लामो समयपछि पुनः डुंगा संचालनमा ल्याइएको छ। आलिताल गाउँपालिका–३ मा रहेको आलितालमा बुधबारबाट पुनः डुंगा संचालनमा ल्याइएको हो। वडा कार्यालयको बजेटबाट बिग्रिएका डुंगा मर्मत गरेर संचालनमा ल्याइएको आलिताल–३ का वडाध्यक्ष बलबहादुर बुढामगरले जानकारी दिए। उनका अनुसार तीन वर्षपछि आलितालमा पुनः डुंगा संचालनमा आएको हो। ‘यहाँ रहेका डुंगा बिग्रिएको तीन वर्ष भइसकेको थियो। हामी जनप्रतिनिधि भएर आइसकेको ती डुंगाहरू मर्मत गरेर संचालनमा ल्याउन सफल भएका छौं,’ उनले भने, ‘हाललाई २ वटा डुंगा मर्मत गरेर संचालनमा ल्याइएका छौं,’ सुदूपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा ठूलो तालका रूपमा रहेको आलितालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ। आलिताल…

Read More

महेन्द्रनगर- गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली। गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन्। उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन्। सँगै नदीजन्य पदार्थ उत्खननका लागि कुटो, फरुवा छ, उनीहरुसँग। कोही खाल्डामा पसेर उत्खनन गर्दैछन् त, कोही गिट्टी, बालुवा छुट्याउन छान्ने जालीसम्म ढुवानी गर्ने काममा व्यस्त छन्। भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा यसरी गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ। नदी तटीय क्षेत्रका विपन्न परिवारको आम्दानीको स्रोत हो, गिट्टी, बालुवा। ब्रह्मदेवकी कलावती पाललाई महाकालीमा बालुवा छान्ने काम गर्न थालेको पाँच वर्ष भइसक्यो। दिनभरि महाकालीमा बालुवा छाने मात्रै बेलुका उनको चुलोमा आगो…

Read More