Author: Nisha Shrestha

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै उहाँले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच गहिरो एकताको खाँचो रहेको बताउनुभयो । “राष्ट्रिय सहमति गरौँ, सबैले मिलेर राष्ट्र निर्माण गरौँ, देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा जुटौँ”, उहाँले भन्नुभयो, “नेपालको आकाशबाट निरासाको कालो बादल हटाउन राष्ट्रिय सहमतिको वातावरण बनाऔँ…

Read More

हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ । यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने चाहना पनि हुन्छ । तर सबैले भने जस्तो हुँदैन । गुणस्तरीय शिक्षाका लागि टाढासम्म जानुपर्ने बाध्यता अझै पनि छ । अभिभावकहरु राम्रा विद्यालयको खोजीमा सहर पस्न बाध्य भइरहेको घटना नौला होइनन् । त्यसैमध्येकी एक हुनुहुन्छ, कालीकोट पचाल झरना गाउँपालिका-५ कि दुर्गा बुढा । बुढाका तीन जना छोरा छन् । गाउँमा भने जस्तो विद्यालय नभएपछि उहाँ यतिबेला कैलालीको टीकापुर झर्नुभएको छ । उहाँले कालीकोटको घर, जग्गा र व्यापार सबै छोडेर सहर झर्नुभएको हो । गाउँमा छँदा चिया पसल, खेतीपाती, दुई भैँसी, एक घोडा…

Read More

काठमाडौं – संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहनुहुने सांसद सदस्यहरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने सांसद रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गर्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । समितिको सदस्यहरुमा अनिता देवी, अमरेशकुमार सिंह, गङ्गाराम चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव र प्रेम सुवाल रहनुभएको छ । त्यस्तै, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर…

Read More

काठमाडौं – राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सदस्यहरुले शहीद सप्ताह र विमानस्थलमा भएको हिजोको घटनाले सुशासनका लागि दिएको चुनौतीलगायत विषयमा सदनमार्फत् सरकारले ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा इन्दिरादेवी गौतमले बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती रहेकाले नागरिकको स्वाथ्यमा पर्न सक्ने गम्भीर असरलाई ध्यानमा राखी अनुगमनलाई चुस्त तुल्याउँदै त्यसलाई रोक्न माग गर्नुभयो । अर्का सदस्य गङ्गाकुमारी बेल्वासेले पछिल्लो समय महिला र बालबालिकामाथि भएका आक्रमणका घटनाले सुरक्षा जोखिम देखिएकाले सामाजिक सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण…

Read More

काठमाडौं — उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तानतरणलगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो । भेटवार्तामा राजदूत थम्पसनसँगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता थियो ।

Read More

झापा – दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ ९भ्यू टावर० बनाउने हल्ला सुन्दा उहाँजस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत्याएका थिएनन् । “हेर्दाहेर्दै १८ तलाको टावर बनिसक्यो, बाहिरका मानिसहरु के छ, कसो हुँदैछ भनेर सोधीखोजी गर्न दिनहुँ आइरहन्छन्,” गौतम भन्नुहुन्छ, “तीन वर्षअघि सम्ँिझदा यो ठाउँ धान खेतीका लागि पनि त्यति उब्जाउ थिएन, अहिले ठूलो सहर बस्लाजस्तो भइसक्यो ।” नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रुपमा दमक भ्यू टावरको निर्माण दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा २०७६ साल असार…

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन्। मङ्गलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र सङ्कल्प रहेको बताए। मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरू चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरूलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि बताए। उनले स्वास्थ्य सेवालाई चुस्त बनाउनको लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको बताए। नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्ने कुरा साबित…

Read More

काठमाडौं – शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा स्मृति सभा आयोजना गरी आजबाट शहीद सप्ताह सुरु गरिएको छ । परिवारमै सीमित शासकीय शक्ति जनतामा पु¥याउन बलिदान दिने शहीदको योगदानको सम्मानमा हरेक वर्ष काठमाडौँ महानगरपालिकाको आयोजनामा माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको छ । शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा महानगरप्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसहितले शहीदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै उहाँको योगदानको स्मरण गर्नुभयो । विसं १९५०मा बनासरमा जन्मनुभएका शास्त्रीले भारतकै देहरादुनबाट प्रारम्भिक शिक्षा गर्नुभएको थियो । धार्मिक गतिविधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान…

Read More

काठमाडौँ – प्री ओपन सेसनमा नेप्से परिसूचक ०.९५ अंकले बढेको छ। योसँगै सूचक २१६५.०५ विन्दुमा पुगेको छ। यो समयमा १२ कम्पनीको ६ लाख ६४ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ। कूल २६ पटकको कारोबारमा २५ सय ३३ कित्ता सेयर खरिदबिक्री भयो। कारोबारमा आएका ६ कम्पनीको मूल्य बढ्यो भने ४ को घट्यो।

Read More

काठमाडाैं – नेपाली बजारमा सुनको मूूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, गत वर्ष छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार ८०० कायम छ । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा १३ सय ६५ रुपैयाँ छ । हिजो १३ सय ८० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो…

Read More