Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । पोखरामा विमान दुर्घटना भए लगत्तै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् । दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।

Read More

काठमाडौँ – आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारीका अनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ। ‘कोही जीवित भेटिने हुने सम्भावना छैन । हामी शवहरू निकाल्दै छौँ । शवहरू डढेको अवस्थामा फेला परेका छन्,’ उनले भने। जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।

Read More

काठमाडौं – यति एयरलाइन्सको विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज विहान १०ः३३ बजे पोखरामा अवतरणको क्रममा दुर्घटना भएको हो । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको र निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए ।

Read More

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै छिन्। आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी केहीबेरमा काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र पुग्ने र त्यसपछि अन्य धामको दर्शन तथा पूजाका लागि लाग्ने छिन् ।

Read More

माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो । स्थानीय सरकार (गाँउपालिका)को सहयोगमा स्थानीय क्लब तथा समूहमार्फत जिल्लाको पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, लिखु गाउँपालिका–३ कट्टीछापलगायतका स्थानमा गोरु जुधाई प्रतिस्पर्धा आयोजना गरिएको छ । नुवाकोटसहित यहाँसँग जोडिएका बस्ती धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल र नीलकण्ठ नपा–१४ धुवाँकोटस्थित भङ्गेरीमा १७ हल गोरु जुधाउन लागिएको छ । केही स्थानमा जुधाउने गोरुको यसअघि नै दर्ता गरेर ‘वान भर्सेज वान’ अनुसार जुधाइन्छ । नेपालको गोरु जुधाइलाई स्पेनको ‘बुल फाइट’सँग तुलना गरेर प्रत्यक्ष…

Read More

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा बसेको प्रतिनिधिसभा बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् । कम्युनिस्ट आन्दोलनका पुराना नेता, माओवादीको जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ ।’ पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्रीले पुस्तक विमोचन…

Read More

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्य तथ्य छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्। निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसिरहेका अधिकारकर्मीहरूलाई शनिबार भेट्न गएर उनले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन्। यसअघिका सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको भन्दै लामिछानेले न्याय दिलाउने प्रतिबद्धता जनाएका हुन्। छानबिनका क्रममा कुनै कैफियत देखिए आफूले राजीनामा दिनुपरे पनि दिने गृहमन्त्री लामिछानेले अधिकारकर्मीसामु बताएका छन्। ‘मलाई एक पटक राम्रोसँग काम गर्न दिनुहोला। अघिल्लो अनुसन्धानमा बिग्रिएका विषयहरूलाई सच्याउने मौका दिनुहोला, जे गर्नुपर्छ तपाईँहरूले भन्नुभएको कुरामा हामी क्रमबद्ध रूपमा जाउँला, पीडित महिलाबाट आएको विषयलाई नै…

Read More

काठमाडौँ – गण्डकी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । प्रदेश सभाको शनिवारको बैठकमा भएको मत विभाजनपछि गोरखा १ (क) बाट निर्वाचित धिताल निर्वाचित भएका हुन् । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र गरी ३३ सांसदले धितालको पक्षमा मत जाहेर गरेका थिए ।

Read More

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अस्पताल भर्ना भएका छन्। नेता पुन माघीको अवसरमा रोल्पा गएका थिए। दुई दिनअघि रोल्पा गएका उनको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि शनिबार हेलिकप्टरबाट काठमाडौँ ल्याएर अस्पताल भर्ना गरिएको हो। पारिवारिक स्रोतका अनुसार अहिले पुनको ललितपुरको सुमेरु अस्पतालमा उपचार भइरहेको छ। हेलिकप्टरबाट काठमाडौँ उत्रिएलगत्तै उनलाई अस्पताल भर्ना गरिएको हो। वंशाणुगत जण्डिसबाट पीडित पुन रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। स्वास्थ्यमा सुधार भएपछि उनी चीनबाट पुस ५ गते स्वदेश फर्किएका थिए। उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’…

Read More

डोटी – डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् । सुन्तला सरदर प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री भइरहेको किसानले बताएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका व्यापारी कृषकको बारीसम्म सुन्तला खरिद गर्न आउने गरेका कारण बजारको समस्या नभएको जोरायल गाउँपालिका–६ का वडाध्यक्ष गणेश बोहराले बताउनुभयो । “जोरायलबाट मात्र यस वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको छ”, उहाँले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा…

Read More