Author: Nisha Shrestha

पोखरा – काठमाडौँको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि एक युवाले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा अर्का युवाले पनि आत्मदाहको प्रयास गरेका छन्। पोखरा-१३ बस्दै आएका ती युवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका थिए। भाडामा बस्दै आएका युवा शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। उक्त घटना थाहा पाउने बित्तिकै घरबेटी एक महिलाले आगो निभाउन गएकी थिइन्। आगो निभाउन जाँदा उक्त महिला पनि घाइते भएको प्रहरीले जनाएको छ। आत्मदाह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। ती युवाले आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको…

Read More

काठमाडौँ – गुल्मीमा एक जना महिलाको शव फेला परेको छ। आइतबार बिहान मुसिकोट नगरपालिका-७ स्थित एक घरभित्र महिलाको शव फेला परेको हो। अन्दाजी ५७ वर्षीया गङ्गादेवी शेरचन मृत अवस्थामा फेला परेकी हुन्। उनको हात-खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन राना भाटले जानकारी दिए। घटना शङ्कास्पद रहेको भन्दै एसपीसहितको टोली घटनास्थलतर्फ लागेको छ। घरमा महिला एक्लै बस्ने गरेको बताइएको छ । ती महिलाले सोही घरमा चिया पसल सञ्चालन गर्दै आएकी थिइन्।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्न आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन्। आईतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नको लागि ऐन, निर्माण प्रक्रियालाई यथाशिघ्र अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले सातै प्रदेशमा विशेष अस्पतालको निर्माण गरेर मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई उच्च प्राथमिकतामा राखेको बताए। ‘जनताको मौलिक अधिकार हो स्वास्थ्य सेवा प्राप्त गर्नु। राज्यको दायित्व हो त्यसलाई पूरा गर्नु। त्यो मौलिक अधिकारलाई व्यवहारमा उतार्न वश्यक पर्ने ऐन अहिलेसम्म बन्नसकेका छैनन्। मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नको लागि ऐन,…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी गरेको आरोप लगाएका छन् । उनले स्थायी कमिटीको जारी बैठकमा दुई दिनसम्म यही विषय दोहोर्‍याएको एक पदाधिकारीले जानकारी दिए । बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । संसद् विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले माओवादीले एमालेको तुलनामा मन्त्रालय पनि राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको टिप्पणी गरेका थिए । ‘संसद् विघटनको विषय संसद्मै उठाउँदा निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ,’ दाहालको…

Read More

काठमाडौँ – सर्वोच्चको आदेशपछि नागरिकता पुनर्प्राप्तिका लागि प्रक्रिया पूरा गर्न रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो । सोहीअनुसार लामिछाने केहीबेरअघि प्रशासन पुगेका हुन् । लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन पुगेको बताइएको छ । सर्वोच्चको फैसलामा उनले नागरिकता लिन प्रक्रिया पूरा गर्नुपर्ने मात्रै भनेकाले सोहीअनुसार सामान्य प्रक्रियाबाट नागरिकता लिने तय भएको हो । अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भए पनि त्यसपछि उनले पुरानो…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो । केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्न लागेको हो । लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।

Read More

काठमाडौँ – प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी बबरमहल पुगेर सभामा परिणत भएको थियो ।  विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको सङ्गठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए । प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष सापकोटाले जनपक्षीय…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन गरिसक्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनुअघि नै निर्वाचन आयोगले निर्वाचन गरिसक्नुपर्ने बताएका हुन्। ‘राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले देखिएको संसयको घेराबाट बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ।’ उनले आयोगलाई सुझाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेको छ। कांग्रेसले राष्ट्रपतिमा सहयोग मागेपछि माओवादीले राष्ट्रिय सहमति खोज्ने बताइरहेको छ। सत्ता साझेदार दल नेकपा एमालेले आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ।

Read More

काठमाडौँ- ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ । विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने…

Read More

धरान – धनकुटा महोत्सवको क्रममा प्रमोद खरेलको प्रस्तुति हेर्न अत्यधिक मानिसहरू जम्मा भएपछि भीडमा च्यापिएर घाइते हुने ३० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । जसमध्ये १६ जनाको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यस्तै २ जना विराटनगरस्थित गोल्डेन अस्पतालमा र अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचार पछि डिस्चार्ज भएको धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । शनिबार राती ८ बजेको समयमा धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा महोत्सव आयोजना भएको थियो । गत माघ ६ गतेदेखि आयोजित एभोकाडो एवं पाचौँ धनकुटा महोत्सवमा राष्ट्रिय कलाकार (गायक) प्रमोद खरेलले प्रस्तुति…

Read More