Author: Nisha Shrestha

हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताउनुभयो । “अभिनेत्री शाहसँग बाँधिएको जोडी धेरैलाई सहज थिएन, यद्दपि हामी कथावस्तुमा ठिक छौँ”, नेपालले भन्नुभयो, “हास्यकलाकारको रूपमा स्थापित परिचयलाई बदल्दै कलाकार बन्न चाहन्छु, यसमा मैले आफ्नो कलाकारिता देखाउने अवसर पाएँ ।” अभिनेत्री शाहले स्क्रिप्ट पढेपछि अभिनेता नेपालको नाम सुन्दा आश्चर्य लागेको बताउनुभयो । “मैले जोडी थाहा पाउँदा केही भन्नै सकिन्, तर कथाअनुसार हामीलाई कास्टिङ गरिएको थियो, त्यसैले म फिल्म गर्न तयार भएँ”,…

Read More

काठमाडौँ – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा र्‍याली निकालिएको छ । बुधबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले र्‍यालीको आयोजना गरेको हो । भृकुटीमण्डपबाट सुरु भएको र्‍यालीमा सहभागीले सिंहदरवारको मूल गेटअगाडि रहेको पृथ्वीनारायणको सालिकमा पुगी माल्यार्पण समेत गरेका थिए । र्‍यालीका कारण काठमाडौँको ट्राफिक व्यवस्था केही बेर प्रभावित भएको थियो ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्दै जाने बताएका छन्। उनले बाइसिएललाई बलियो बनाउँदै पार्टीलाई मद्दत गर्न पनि आग्रह गरेका छन्। योङ्ग कम्युनिस्ट लिगको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो अवसरलाई हामीले सदुपयोग गर्नुछ। पार्टी निर्माण, वाइसिएललाई अझ बलियो बनाउन, जनताको विकासका आकाङ्क्षालाई सम्बोधन गरेर त्यसलाई सदुपयोग गर्नुछ । सुशासन दिने र भ्रष्टाचार अन्त्य गरेर आर्थिक समृद्धिको यात्रा अगाडि बढाउनु छ।’ आफूले प्रतिनिधि सभामा मङ्गलवार सम्बोधनका क्रममा बताएका विषय बस्तुलाई कार्यान्वयन गर्न सके नयाँ इतिहास र नयाँ युग सुरु हुने पनि उनले बताए। उनले प्रतिक्रियावादीका धेरै घेराबन्दी चिरेर यहाँसम्म आइएको बताएका थिए। उनले…

Read More

 काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्ड पहिलोपटक गोरखा पुगेका हन् । निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईंपनि गोरखा गएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा लागेका हुन् । उनले प्रतिनिधिसभामा मंगलबार मात्रै विश्वासको मत लिएका थिए । आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती पनि हो । प्रधानमन्त्री प्रचण्डले गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको सालिकमा उहाँले पुष्पहार एवं माल्यार्पण गर्नुभएको हो । पृथ्वी जयन्तीका अवसरमा उहाँप्रति श्रद्धाभाव प्रकट गर्न सिंहदरबार पश्चिम मूलढोकाअघि मानिसको भीड लागेको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजलगायतको सहभागिता छ । विश्व हिन्दू महासङ्घ, विश्व हिन्दू परिषद्लगायत संस्थाका प्रतिनिधिको पनि भीड लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यस अवसरमा भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म ¥याली निकालेको छ । ¥यालीसहित राप्रपाले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेको…

Read More

काठमाडौँ – मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । ६३ जना सांसदको समर्थनसहित उनी मुख्यमन्त्रीमा नियुक्त भएका जसपाका सांसद रामअशीष यादवले जानकारी दिए । उनलाई नेकपा एमाले, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र दुई जना स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्ध कुमार सिंहले समर्थन गरेका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Read More

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका हुन् । माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने बारेमा प्रदेशसभालाई जानकारी गराइसकिएको बागमती प्रदेश सरकारका प्रवक्ता एवमं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए । जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । ११० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट…

Read More

काठमाडौँ – पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मङ्गलवार पन्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ। यो घटना हुँदा सनाउल्लाह कारमा बसिरहेका थिए । जियो न्युजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेको हो। त्यसबेला राणा सनाउल्लाह पन्जाब विधानसभाबाट बाहिरिँदै थिए। यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केहीबेर रोकेका थिए। यसअघि मङ्गलवार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पन्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो। पन्जाबमा पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) को सरकार छ।

Read More

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन.आर. थम्पसनबीच भेटघाट भएको छ । शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भएको भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूतले शुभकामना दिएका छन् । साथै भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।

Read More

महेन्द्रनगर – शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् । अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस घर बाहिर निस्कन सकेका छैनन् । पश्चिमी वायुसँगै तराईमा धेरै चिसो बढेको हो । चिसोका कारण शरीर काप्ने र हातखुट्टा कठ्याङ्ग्रिने गरेको मधुवन नगरपालिका-१ बड्की टडुवाका स्थानीयवासी कुशव थापाले बताए ।’केही दिनदेखि घामको मुख देख्न पाइएको छैन । केटाकेटी, वृद्धवृद्धा र पशुचौपाया चिसोका कारण धेरै समस्यामा छन्’, उनले भने । जाडोले गर्दा दम, रुघाखोकीलगायत समस्या देखिन थालेको छ । चिसो बढेपछि सामुदायिक…

Read More