Author: Nisha Shrestha

काठमाडौं– नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया बिना नै चीनबाट ६ अर्ब रुपैयाँको हतियार खरिद गर्ने तयारी गरिरहेको प्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै यो निष्पक्ष अभ्यास र पारदर्शिताप्रति बेवास्ता गरिएको प्रष्ट संकेत भएको जनाएको हो । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बफादारिता र इमान्दारिताको मूल्य मान्यता राख्ने संस्था मानिने नेपाली सेनाले यस्तो अनैतिक व्यवहार देखाउनु दुःखद भएको बताए। एक राष्ट्रको रूपमा, हामी हाम्रो सुरक्षामा सम्झौता गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ । नेपाली सेनाले इमान्दारिता र पारदर्शिताको उच्चतम् मापदण्डलाई कायम राख्दै हाम्रो लोकतन्त्रको मूल्य र सिद्धान्त अनुरूप काम गर्न अभियानले जोड दिएको…

Read More

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको हो । सो अवसरमा उहाँ अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन्। परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।

Read More

काठमाडौं – नेकपा एमालेका नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमानेपाली भएर नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने बताएका छन् । प्रहरीले गृह मन्त्रालयको प्रशासनिक र राजनीतिक नेतृत्वको सहयोगी पक्राउ गरिरहेका बेला एमाले नेता थापाले नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने काम गैरकानुनी हो भन्दै त्यसमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरी कारबाही गर्नुपर्ने धारणा राखेका हुन् । थापाले बिहीबार फेसबुकमा लेखेका छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान…

Read More

काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताउँदै यसबारे हिजो प्रधानमन्त्रीसँग कुराकानी भएको जानकारी दिए ।

Read More

काठमाडौं -नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा बुधबार पक्राउ परेका सचिव टेकनारायण पाण्डे २०५१ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । विद्यालय निरीक्षकबाट सरकारी सेवामा प्रवेश गरेका पाण्डे शाखा अधिकृत हुँदै २०६५ सालमा उपसचिव, २०६७ सालमा सहसचिव र २०७६ सालमा सचिव बने । पाण्डेले २०५१ सालमा विद्यालय निरीक्षकको रूपमा निजामती सेवामा प्रवेश गरेका हुन् । उनले शाखा अधिकृत, कार्यक्रम संयोजक, योजना अधिकृतका रूपमा प्युठान, गुल्मी, पाल्पालगायतका जिल्लामा काम गरेका छन् । यसैगरी जिल्ला शिक्षा अधिकारीको रूपमा २०६१ देखि २०६५ सम्म जिल्ला शिक्षा कार्यालय दाङ र जुम्लामा सेवा गरे । पाण्डे २०६५ सालमा उपसचिव बनेका…

Read More

भैरहवा – लुम्बिनी विकास कोषले बिहीबार परेको २५६७औं बुद्ध जयन्ती तथा एवं लुम्बिनी दिवस–२०८० को अवसरमा साताभरि विविध कार्यक्रमसहित मनाउन जनाएको छ । बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वारणको नियोग परेको दिन वैशाख पूर्णिमाको अवसरमा कोषले विशेष महत्वका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मूल समारोह कार्यक्रम गर्न लागेको हो । दिवसको पूर्व सन्ध्यामा वैशाख १९ गते देवदहमा देवह सूतरनारी शक्ति प्रवचन गरिएको र वैशाख २१ गते मायादेवी परिसरमा दीप प्रज्वलन तथा महापरित्राण, बुद्धपूर्णिमाका दिन पूर्णिमा पूजा पाठ, शोभा यात्रा, मूल समारोह सहित भोजनदानको कार्यक्रम रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी…

Read More

काठमाडौँ – पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतिकले आफूले अनुसन्धान प्रक्रियालाई भने सघाउने प्रतिबद्धता जनाएका छन् । ‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘ तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ आफू विरुद्ध तथ्यहीन प्रचार गरिरहेका आरोप समेत…

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च ओहोदाको व्यक्ति भएपनि कारबाही गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको ध्यानाकर्षण गराएका छन् । गृह प्रशासनको कार्यको प्रशंसा गर्दै थापाले टिव्टमा नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगिीगिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको उनले उल्लेख गरेका छन् । ‘अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन,’ थापाले टिव्टमा लेखेका छन्,’संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन ।’

Read More

काठमाडौं – हिजो बुधबार प्रतितोला रु एक हजार आठ सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ । महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।

Read More

काठमाडौँ – चालु साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ। बिहीबार प्रि-ओपन सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुपैयाँ बराबरको भएको छ ।

Read More