Author: Nisha Shrestha

महोत्तरी – ‘यह विद्यालय हमारी संस्कृति, सभ्यता और पहिचानका प्रतीक है, हमारी धरोहर है’ (यो विद्यालय हाम्रो संस्कृति, सभ्यता र परिचयको प्रतीक हो, हाम्रो धरोहर हो) महोत्तरीको मटिहानी–७ स्थित तीन सय चार वर्ष पुरानो गुरुकुल (हालको राजकीय संस्कृत माध्यमिक विद्यालय- अवलोकनपश्चात् भारतीय विद्वान पूर्वीय दर्शनका ज्ञाता रमेशचन्द्र टिकमानीले आगन्तुक पुस्तिकामा लेख्नुभयो । गत वैशाख ६ गते विद्यालय अवलोकनका लागि प्राध्यापक, अन्वेषक र विश्लेषकहरुको भारतीय टोली साथ आउनुभएका टिकमानीले भारत वर्ष (हालको दक्षिण पूर्वी एसिया क्षेत्र, आर्यावर्त) को पुरातन भाषा, साहित्यको विकास र संरक्षणमा राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीको योगदानको स्मरण गर्नुभएको छ । प्राचीन र वैज्ञानिक भाषा संस्कृतको संवद्र्धनमा विद्यालयको…

Read More

काठमाडौँ- काठमाडौँको नक्सालमा सोमबार गरिएको विशेष चेकिङका क्रममा मापदण्ड भन्दा बढी धूँवा फाल्ने २२ वटा सवारी साधनका चालक लाई कारवाही गरिएको छ । मापदण्ड भन्दा बढी घूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे सवारी साधनका चालक कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ । वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटिएको टोलीले सोमबार दिउँसो नक्सालमा ४२ ओटा सवारी साधनलाई चेक गर्दा २२ ओटा कारवाहीमा परेको प्रवक्ता भट्ट ले बताउनु भयो । सवारी साधन मर्मत पश्चा त तोकिएको वि तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा…

Read More

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरुले साढे चार दशकपछिको सपना पूरा भएको छ । विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी पनि निकै उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सारा पोखरेलीको साझा सपना पूरा हुँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०३२ मा तत्कालीन अञ्चलाधीश डा शङ्करराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्नुभएको थियो । “उहाँको ऊर्जाशील क्षमताले तत्कालीन समयमा जग्गा अधिग्रहण सम्भव भयो, निरन्तरका प्रयासपछि आज पोखरेलीको सपना…

Read More

झापा – कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ । एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ । जिल्लामा दुई हजार छ सय ३१ हेक्टर जमिनमा सुपारी खेती भइरहेको तथ्याङ्क छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ३७ वर्षदेखि सुपारी खेती गर्दै आउनुभएका राजेन्द्र मिश्रले धानखेतीको तुलनामा सुपारी खेतीबाट दश गुणा बढी आम्दानी हुने बताउनुभयो । उहाँले डेढ बिघा जमिनमा सुपारी खेती गर्नुभएको छ । थप केही बिघामा सुपारीको बिरुवा रोप्ने तयारी गरिरहनुभएको छ ।…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र भ्यूटावर निर्माण सम्पन्न भई सञ्चालन हुने जानकारी दिनुभयो । विसं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार २०७५ फागुनभित्र कम्पनीले भ्यूटावरको निर्माण सम्पन्न गर्नपर्ने थियो । तोकिएको अवधि सकिएको चार वर्ष पुगेको छ । तर कम्पनीले भने निर्माण सम्पन्न हुन अझै थप साढे एक वर्षसम्म लाग्ने जनाएको हो । उहाँले भन्नुभयो, “संरचनाको अधिकांश आधारभूत काम सकिँदैछ । अब सुपर स्ट्रक्चर ९बाहिर देखिने स्वरुप० बाँकी छ । महानगरको…

Read More

काठमाडौं – सपथ लिएको एक सातासम्म मन्त्रालय नगएका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रालय गएको भोलिपल्टै कार्यस्थलमा खटिएका छन् । लामोसमयदेखि भ्रष्टाचार र अनियमितताको अखडा मानिँदै आएको यातायात कार्यालयको आकस्मिक अनुगमन गर्दै श्रेष्ठले कामको सुरुवात गरेका हुन । मन्त्री श्रेष्ठ मंगलबार बिहान ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् । उनका प्रमुख स्वकीय सचिव विजय गौतमले यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा आएको बताए । मन्त्री श्रेष्ठले कार्यालय प्रमुखसँग कामको प्रगतिबारे जानकारी लिनाका साथै र सेवाग्राहीहरुको गुनासा सुनेका छन् । मन्त्री श्रेष्ठको अनुगमन जारी छ ।

Read More

काठमाडौं – सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुनेभएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ । निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले उम्मेदवारी दिनुभएको छ भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले हुनुहुन्छ । सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र…

Read More

काठमाडौं — प्रतिनिधिसभा सदस्यमा शपथ लिन छुटेका प्रेम आले र माया राईले मंगलवार सपथ लिने भएका छन्। सिंहदरवारस्थित संघीय संसद्को सचिवालयको कानुन समितिको हलमा सपथ हुने भएको हो। दिउँसो साढे १२ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको छ। प्रतिनिधिसभाका अरु सदस्यले जेष्ठ सदस्य पशुपति शम्शेरबाट पुस ७ गते संघीय संसद् भवन बानेश्वरमा लिएका थिए। राई सुत्केरी भएका कारण सपथ लिन छुटेकी थिइन भने आलेको आमाको निधन भएको कारण शपथ लिन पाएनन्। आले नेकपा ९एकीकृत समाजवादी० बाट सांसद निर्वाचित भएका थिए। राई नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन्।

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेपाल समाजवादी पार्टीले जनाएको छ । ४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको नेसपा हाल सत्तारुढ गठबन्धनतिरै छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग प्रचण्डले आज छलफल गरेका थिए । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनिसकेपछि मङ्गलबार आवश्यक निर्देशन दिने बताएका छन् । पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए । विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत…

Read More