Author: Nisha Shrestha

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–७ जुडाका जगतबहादुर सिंह कृषि प्राविधिक भए पनि पेसा भने फरक अपनाउनु भएको छ । बुवाबाजेले पुर्खौंदेखि गर्दै आएको तानमा कपडा बुन्ने कार्यलाई उहाँले पनि निरन्तरता दिँदै आनुभएको हो । अल्लो, ढाँका, बेम्बो र सुतीको धागोबाट कपडा बुनेर पोशाक तयार गरी बिक्री गर्ने कार्यमा सिंह लाग्नुभएको छ । “बाबुबाजेले दार्चुला छँदा तान (हाते लुम)मा कपडा बुनाई गरी बेच्ने कार्य गर्दै आउनुभएको थियो”, उहाँ भन्नुहुन्छ, “तराई झरेपछि केही वर्ष यस कार्यले निरन्तरता पाउन सकेन, कृषि प्राविधिकको पढाइ सकी विभिन्न सङ्घसंस्थामा कार्य गरेँ तर त्यसबाट खासै सन्तुष्टि मिलेन, अहिले कृषिसँगै परम्परागत पेसालाई निरन्तरता दिने कार्यमा जुटेको छु ।” आफैँले…

Read More

काठमाडौँ – बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवद्र्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण भइरहेको यो संरचना धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ । बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको धाप बाँध ९ड्याम० अन्तिम चरणमा पुगेको छ । ड्यामको भौतिक संरचना निर्माण पूरा भई परीक्षणको चरणमा पुगेको छ । हाल ड्यामको सुरक्षा एवं संहारमा खटिनेका लागि संरचना निर्माण भइरहेको छ । हिन्दू सभ्यताको जननी बागमतीको प्रमुख सहायक नदी नागमतीको…

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिनुहुन्छ । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसोबाट बच्न शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा न्यानो पार्न र पर्र्याप्त हावा ओहोरोदोहरो हुने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ । शीतलहर र हिमपातबाट बालबालिका,…

Read More

६५ वर्ष अगाडिको कुरो हो । बलरामपुर भन्ने ठाउँबाट हिन्दुवादी दल जनसंघको टिकेटमा चुनाव जितेर भारतको संसदमा पुगेको ३३ वर्षको एकजना युवा सांसदको भाषण यति प्रखर थियो कि संसदमा कुनै गतिलो प्रतिपक्षी नेता नदेखेर आत्तिएका प्रधानमन्त्री नेहरु उसको भाषण सुन्न आफ्ना अरु सबै कार्यक्रम रद्द गरेर संसदमा अवश्य पुग्न लागे। एक दिन त उसको भाषण सुनेर कायल भएका नेहरुले भनिहाले-“यो केटो एक दिन भारतको प्रधानमन्त्री बन्ने छ।” -संसदको अधिवेशन समापन भएर भोजको आयोजना गरिएको थियो। उच्च सदन राज्यसभाका सभापति डा.राधाकृष्णनसंग तल्लो सदन लोकसभामा रहेका जनसंघका चार जना सदस्यहरुको परिचय गराइयो। उनले भने-“यो पार्टीका सदस्यलाई त मैले देखेकै रहेनछु”। त्यो युवा…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सदस्यहरूबाट मासिक ३ लाख ८३ हजार रुपैयाँ लेबी उठाउने भएको छ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रुपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ हजार रुपैयाँ लेबी उठाउने निर्णय गरेको हो । यस्तै संघीय सांसदकै राष्ट्रियसभाका सांसदबाट माओवादी केन्द्रले थप १ लाख ८० हजार उठाउनेछ । राष्ट्रियसभामा माओवादी केन्द्रका १५ जना सांसद रहेका छन् । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रुपैयाँ उठाउनेछ । माओवादीका एक पदाधिकारीले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले पार्टीमा बुझाउने मासिक लेवी १२ हजार…

Read More

काठमाडौं – नयाँ सरकारको गठनका लागि शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी यही बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा बनाउन संसदीय दलको बैठक आज दिउँसो १ बजे बसुन्धारामा बस्न लागेको हो । बैठकमा संसदीय दलको विधान तथा सरकारमा जाने वा नजानेजस्ता विषयमा छलफल हुने प्रवक्ता मुकुल ढकालले बताए। बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । रास्वपाका अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी हुने पक्षमा छन्। यसबारे औपचारिक निर्णयका लागि दलको बैठक बस्न लागेको हो । सत्ता गठबन्धनको स्पस्ट बहुमत नभएको अवस्थामा रास्वपालाई समेत सहभागी गराउँदा सरकार र संसदको स्थायित्वमा सहयोग पुग्ने मत नेपाली कांग्रेसभित्र पनि छ ।…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई फकाउन खुमलटार पुगेका छन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। तर गठबन्धनको शनिबार बसेको बैठकमा काँग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएकाले सहमति हुन सकेको छैन। भेटमा निधि र प्रचण्डबीच नयाँ सरकार गठन, सत्ता समीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ। उनी द सभापति शेरबहादुर देउवाको सन्देश लिएर खुमलटार पुगेका हुन्। निधिले प्रचण्डलाई प्रधानमन्त्रीको दाबी छोड्न आग्रह गरेका छन्। उनले गठबन्धन जोगाएर अगाडि बढ्न आफ्नो दाबी छोडेर सहमतिमा…

Read More

धनगढी – धनगढीमा बुवा छोराले एकैदिन रक्तदान गरेका छन्। शनिबार मालिकार्जुन दार्चुला सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा उनीहरुले सँगै रक्तदान गरेका हुन्। धनगढी हसनपुर ज्योतीटोलका ४४ वर्षीय नवराज जोशी र उनका २० वर्षीय छोरा सन्तोषकुमार जोशीले एकसाथ रक्तदान गरेका हुन्। आफूहरुले मानविय सेवाका लागि योगदान पुगाउन रक्तदान गरेको उनीहरुले बताएका छन्। रक्तदान गरेको भन्दै मालिकार्जुन दार्चुला सेवा समितिले उनीहरुलाई सम्मान पनि गरेको छ।समितिले आज ५औं अधिवेशन तथा ८औं वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा २८ जनाले गरेका थिए। समितिले यस अघिदेखि नै सामाजिक सेवा, जनचेतनामुलक कार्यक्रम, सरसफाइ, योग तथा शिक्षाका क्षेत्रमा विविध कार्यक्रमहरु गर्दै…

Read More

झापा – झापा प्रहरीले २० लाख बराबरको अवैध सामान बरामद गरेको छ । शनिबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याइएका १९ पोका कपडा र २ पोका गाडीका पार्टपुर्जा बरामद गरेको हो । बरामद सामान २० लाख बराबरको रहेको प्रहरीको भनाई छ । प्रहरीले ती सामान झापाको मेचीनगर नगरपालिका ८ खडियाबस्ती स्थित सडक छेउको गाइ गोठबाट बरामद गरिएको जानकारी दिएको छ । ती सामान मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाई छ ।

Read More