Author: Nisha Shrestha

रूपन्देही – १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका(१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका(१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज भएको भेटवार्तामा उहाँहरुबीच सरकारको मूल नीति कार्यक्रम र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । “उहाँहरुबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा विहङ्गम छलफल भयो”, उहाँले भन्नुभयो । दाहाल नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णयका बारेमासमेत उहाँहरुबीच छलफल भएको मल्लले जानकारी दिनुभयो । “सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको निर्णयलाई कार्यान्वयन तहमा लैजाने विषयमा कुराकानी भयो”, उहाँले भन्नुभयो…

Read More

भरतपुर- छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ । कालिका नगरपालिका– ५ बाट आउनुभएकी बालिका कँडेल मोटरबोट चढ्नकै लागि नदी किनारमा आएको बताउनुभयो । उहाँले मोटरबोट चढेर यहाँको दृश्य अवलोकन गर्न पाउँदा निकै रामइलो लागको अनुभव सुनाउनुभयो । खाली समयको सदुपयोग गर्नमात्रै नभएर विशेष दिनमासमेत रमाइलो गर्नका लागि पनि नदी किनार…

Read More

काठमाडौं – राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै लुम्बिनीले प्रतियोगितामा लगातार चाँैथो जित दर्ता गराएको छ । चार खेल खेलको लुम्बिनीले आठ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थान छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । १३८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले २० ओभरमा नौ विकेट गुमाएर १३७ रन नै बनाएपछि…

Read More

रुकुम – रुकुम (पूर्व) को सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँ मौसममा सुन्तला प्रशस्त पाइएपनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन् । जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगायतका फलफूल कुहिएर खेर जाने गरेका छ । यतिबेला सो क्षेत्रका किसानको बारीमा लटरम्म सुन्तला देखिन्छन् । ती सुन्तला टिपेर राख्न शीत भण्डार छैन् । यत्तिकै राख्दा कुहिने डर र बजारमा पनि बिक्री नहुँदा रुखमै छन् । मेहनत गरेर लगाएको सुन्तलाको बोटमा लोभलाग्दो तरिकाले दाना…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ । संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित हुनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो । यादव बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ । जसपाको संसदीय दलको नेतामा सङ्घीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आउनुभएको थियो । तथापी दलको नेता चयनका लागि दुबै नेताले उम्मेदवारी नदिनुभएको जसपाले जनाएको छ । प्रतिनिधिसभामा जसपाका…

Read More

काठमाडौं – निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि भक्तपुरको नगरकोटमा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सवल र दुर्वल पक्षको समीक्षा गरेर निर्वाचन पश्चात्को अवधिमा आयोगले गर्नुपर्ने कानुनी र नीतिगत सुधारका साथै अन्य कामको खाका कोर्नुपर्ने जनाउनुभयो । “विगतका निर्वाचनको समीक्षामा आएका निष्कर्षलाई कति कार्यान्वयन गर्न सकियो रु त्यसको पनि चिरफार गरेर भावी निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागौँ ।” उहाँले भन्नुभयो, “निर्वाचन चक्रका…

Read More

कैलाली – कैलालीमा सञ्चालन भएर पटक–पटक म्याद थप भएर पनि काम सम्पन्न हुननसकेका निर्माण कम्पनीलाई टीकापुर नगरपालिकाले कारबाही सुरु गरेको छ । गत आर्थिक वर्षसम्म आयोजनाको सम्झौता भएर चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म काम सम्पन्न गर्न नसकेका आयोजनाको काम नसकेका निर्माण कम्पनीलाई जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । कार्यपालिकाको निर्णयबाट आयोजनाको म्याद थप नहुने निर्णय गरेपछि काम सम्पन्न हुननसकेका आयोजनाको म्याद थप नहुने र नियमानुसारको जरिवाना तिरेर काम गर्न बाध्य भएका छन् । नगरपालिकामा समयमा काम सम्पन्न गर्न नसकेका जरिवानामा परेका नौवटा आयोजनाको काम गरिरहेका छ निर्माण कम्पनीले जरिवाना तिर्न थालेका हुन् । समयमा काम गर्न नसकेका…

Read More

झापा – मेचीनगर नगरपालिका–१३ मा रहेको धार्मिक एवं पर्यटकीय स्थल श्री पाउ पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । विशेषगरी शनिबार र मंगलबार यहाँ दर्शन गर्नेको विहानैदेखि भत्तजन भीड लाग्ने गरेको छ भने अन्य दिन पनि उस्तै चहलपहल देखिन्छ । मन्दिरमा आन्तरिक तथा बाह्य भक्तजनहरुलाई लाइनमा राखेर पालैपालो दर्शन गर्न धाम समितिले व्यवस्था मिलाएको छ । पूर्वी नाका काँकरभिट्टादेखि १२ मिटर पश्चिम चारआलीमा रहेका मन्दिरमा नेपालका विभिन्न स्थानसँगै भारतका सिक्किम, दार्जीलिङ, आसाम, सिलगुढीलगायतका क्षेत्रबाट समेत दर्शनका लागि भक्तजनहरु आउने गरेको धार्मिक एवम् पर्यटकीय स्थल श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले बताउनुभयो ।ताप्लेजुङमा रहेको ठूली…

Read More

डडेल्धुरा – स्थानीय गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन् । वडा नं स्थित ४ कैलपालमाण्डौ स्वास्थ्य चौकीमा वडा नं ४ र ५ को आर्थिक सहयोग र नेपाल नेत्र ज्योति सङ्घ, गेटा आँखा अस्पताल र जिल्लास्थित आँखा अस्पतालको प्राविधिक सहयोगमा मङ्गलबार एकदिने शिविर आयोजना गरिएको थियो । आँखाको उपचार गराउन जिल्ला सदरमुकाम डडेल्धुरालगायत अन्य अस्पताल जान नसक्ने ज्येष्ठ नागरिक तथा आर्थिक अभावले उपचार गर्न नसक्ने स्थानीयवासीले गाउँमै राखिएको निःशुल्क शिविरबाट सेवा लिएका हुन् । शिविरमा उपचार गराउनेहरुको भीड लागेकाले अब चाँडै गाउँपालिकाभित्र शल्यक्रियासहित आँखाको उपचार गराउन शिविर आयोजना गरिने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले…

Read More