Author: Nisha Shrestha

काठमाडौं– सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेल नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहणसँगै आवश्यक राजनीतिक नियुक्तिको प्रक्रिया सुरु गरेका छन् । नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने बताइएको छ । सर्वोच्च अदालतको न्यायाधीशको दाबेदार रहेका पोखरेल लामो समयदेखि माओवादी केन्द्र निकट छन् । यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले सोमबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

Read More

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमा २२ पुसमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायतले लामिछानेको सांसदको योग्यताबारे दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६ पुसमै सुनुवाइ भएको थियो । त्यसबेला अदालतले अन्तरिम आदेश दिनु नपर्ने सुनाइएको थियो । मंगलबार आएको आदेशको प्रमाणित कपीमा २२ पुसमा सुनुवाइ हुने उल्लेख छ । कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन् । २२ पुसमा हुने सुनुवाइपछि अदालतले फैसला सुनाउने छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता…

Read More

गुल्मी – गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम रु एक सय छ । दानाको आकारका भरमा रु पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ । गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् । सुन्तला कृषकसँगै उपभोक्ता पनि मारमा परेका छन् । बजारमा प्रतिकिलोग्राम रु एक सयमा सुन्तला धमाधम बिक्री भए पनि बिचौलियाले सुन्तला कृषकलाई त्यसको आधा रकम तिर्न पनि गाह्रो मान्छन् । सुन्तला बगैँचामा आफूहरुको मोलतोल नचल्ने बिचौलियाकै मनोमानी चल्ने सुन्तला कृषकको गुनासो छ । बजारमा चलेको मूल्यअनुसार सुन्तला बिक्री गर्न…

Read More

काठमाडौं – निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।” उहाँले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताउनुभयो । “मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि जान्छ”, उहाँले भन्नुभयो, “यसका लागि मन्त्रालयका कर्मचारीलाई धन्यावाद दिन्छु ।” उहाँ आफू विदाइ हुने क्रममा निराश नभएको…

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्ष मुनिका बालबालिकाका लागि पहिले छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेकामा अव पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने छ । यस्तै एक वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा बालबालिकाले पनि लगाउन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार पाँच वर्षभित्रमा बालबालिकाले चार महिनाको फरकमा दुई मात्रा खोप लगाउने छन् ।

Read More

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । श्रेष्ठले यसअघि नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

Read More

वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ । विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरुको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य सहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएकोे छ । प्रदूषण जाँचमा पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ । कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१को उपदफा–२ अनुसार जरिवाना हुने बताइएको छ । यही पुस १ गतेदेखि सुरु भएको प्रदूषण जाँच अभियानमा काठमाडाँै उपत्यकामा चल्ने कम्तीमा पनि २८ भन्दा बढी गाडीलाई कारबाहीसहित जरिवाना गरिएको विभागले जनाएको छ । गाडीहरुले फ्याँक्ने…

Read More

काठमाडौं – आकस्मिक रुपमा सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्न केही दिन लाग्ने भएको छ । निर्वाचनबाट पहिलो पार्टी बनेको कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी नछाडेपछि अन्तिम समयमा आएर माओवादीले एमालेसँग सहकार्य गर्दा अप्रत्यासित रुपमा कांग्रेस सत्ताबाहिर पुगेको हो । जस कारण देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् । बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले उनी तत्काल त्यहाँ बस्न सक्ने अवस्था नभएको हो । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएको छ । देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भाडाको घर खोज्ने कार्य…

Read More

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताउनुभएको छ । आज विहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उहाँले वताउनुुभयो । “महासङ्घ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति विहानै भेटघाटका लागि आउनुु भयो, त्यही विषयमा तपाईंहरु चिन्तित हुनुुहुन्छ र समस्या समाधानका लागि भनिरहनुु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ”, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको निजी निवास…

Read More

विश्वको नम्बर १ भोड्का ब्राण्ड ‘स्मरनफ’को नेपालमै उत्पादन र बिक्रीवितरण थालिएको छ। नेपालको अग्रणी मदिरा उत्पादक कम्पनी नेपाल लिकर प्रालिले हालै एक कार्यक्रममा विश्वप्रसिद्ध स्मरनफ भोड्काको लन्च गरेको हो। लिमिटेडको स्मरनफ नेपालको विराटनगरमा रहेको कारखानाबाट उत्पादन भइरहेको छ। कम्पनीका कार्यकारी अध्यक्ष राजेश वीरसिंह तुलाधरका अनुसार तीन पटक शुद्धीकरण गरी दश पटक फिल्टर गर्ने भोड्का नेपालमा उत्पादन र बजारीकरण भइरहेको छ । चर्चित सञ्चारकर्मी सूरजसिंह ठकुरी स्मरनफ नेपालको ब्राण्ड एम्बेसडर हुन्। नेपाल लिकर प्रालिले नेपाली बजारमा विभिन्न ब्राण्डका मदिराहरू बिक्री गर्दै आएको छ, जस्तैः, एन्टिक्विटी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियरररेयर व्हिस्की, मिस्टर डोवेल्स नम्बर १ लक्जरी व्हिस्की, ब्लू–रिब्यान्ड जिन, आदि। यस पटक…

Read More