Author: Nisha Shrestha

काठमाडौँ- बाहिर रूख–रूख भन्दै हिँड्ने र भित्रभित्र दायाँ-बायाँ गर्ने छुट कुनै पनि कांग्रेस कार्यकर्तालाई नभएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीमै रहेको व्यक्तिले चुनावको बेलामा पार्टीलाई धोका दिएमा पाप लाग्ने समेत बताए । उनले कांग्रेस एकजुट हुनुपर्ने बेला आएकोमा समेत जोड दिए । चितवन-२ को उपनिर्वाचनमा कांग्रेसका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ गठबन्धन दलको साझा उम्मेदवार छन् । उनकै पक्षमा भोट माग्न भरतपुर पुगेका थापाले आफू पनि भगवानमा विश्वास गर्ने मान्छे भएकोले कांग्रेस नेता कार्यकर्ताले पाप धर्म सम्झेर मत दिनसमेत आग्रह गरे । ‘मलाई विश्वास छ तपाईंहरू पनि धार्मिक…

Read More

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले गत पुस २५ गते नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका जम्कट्टेलले आगामी वैशाख ६ गते आफ्नो कार्यकालको भएका कामहरूको उपलब्धि सार्वजनिक गर्ने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशको मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन ।

Read More

काठमाडौँ – अब मन्त्रिपरिषद्को नियमित बैठक मङ्गलवार बस्ने भएको छ । यसअघी मन्त्रिपरिषद्को नियमित बैठक हप्ताको दुई दिन बस्दै आएको थियो । अब एक दिन मङ्गलवार मात्रै बस्ने भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार यसअघि सोमबार र बिहीबार बस्दै आएको बैठकलाई परिवर्तन गरेर हप्ताको एक दिन मङ्गलवार मात्रै बस्ने छ।

Read More

काठमाडौँ- नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताएकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले सो कुरा बताएकी हुन् । उनले सरकारले पनि सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको जानकारी गराइन् । मन्त्री शर्माले कर्मचारीहरुको सरुवालाई व्यवस्थित बनाउने गरी सो ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरुलाई आग्रह…

Read More

काठमाडौँ – राष्ट्रिय गौरवका आयोजनाहरूको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरिएको छ । राष्ट्रिय सभाका सदस्यहरूले यस्तो माग गरेका हुन् । सोमवार राष्ट्रिय सभा बैठकमा पेस गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन २०७९ माथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभाका सदस्यहरू अनिता देवकोटा, रामचन्द्र राई, सोनाम ग्याल्जेन शेर्पालगायतले राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय लिन सरकारलाई दबाब दिएका हुन् । सांसद देवकोटाले राष्ट्रिय गौरवका आयोजनाहरूलाई छिटो सम्पन्न हुने गरी अघि बढाउनका लागि कुनै पनि समस्या नआउने गरी आवश्यक निर्णय…

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ । उनको छातीको तल्लो भागमा संक्रमण देखिएको हो । फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको अस्पतालले जनाएको छ । छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गर्न लागिएको पौडेलका निजी चिकित्सक डा. निरज बमले बताए । विशेषज्ञ चिकित्सक अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने सङ्केत गर्छ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका थिए ।

Read More

काठमाडौँ- काठमाडौंको शान्तिबाटिका तनावग्रस्त बनेको छ । मिटरब्याज पीडित र प्रहरीबीच सोमबार दिउँसो शान्तिबाटिकामा झडप भएको हो । शान्तिबाटिकाबाट जुलुस निकाल्न प्रहरीले रोकेपछि मिटरब्याज पीडितहरूले प्रहरीमाथि ढुंगामुढा सुरु गरेका थिए । त्यसपछि प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज गर्नुका साथै स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास पनि प्रहार गरेको थियो । शान्तिबाटिकाको गेटमा लगाएको ताला फोडेर मिटरब्याज पीडितहरू बाहिर निस्किएका छन् । प्रहरीको लाठीचार्जबाट दर्जनौ मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ – काठमाडौँको मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । शान्तिवाटिकामा झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ । प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा प्रहरीको लाठी लागेर ४र५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ – गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतबार पराष्ट्र मन्त्रालयमा पुगेको एक प्रतिनिधिमण्डलले मन्त्री साउदलाई भेटेर बधाई तथा शुभकामना व्यक्त गरेका छन्। भेटमा संघका कार्यकारी अध्यक्ष डा केसीले संघले उठाँउदै आएको नागरिकता, एनआरएन नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरण लगायतका विषयमा मन्त्री साउदको ध्यानार्कषण गराउनु भएको थियो । संघले मन्त्री साउद समक्ष ८ बुँदे माग पत्र समेत प्रस्तुत गरेको थियो । अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता तथा लगानीका कानुनी प्रक्रिया लगायतका विषयमा संबोधनका लागि पहल गरिदिन हुन अनुरोध गर्नु भएको थियो । सो अवसरमा युरोप क्षेत्रमा यहि मे ५ देखि ७ सम्म…

Read More

काठमाडौँ – सोमबार नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने तयारी गरेको छ । बैंकका अनुसार २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गरिने छ । इच्छुक खरिदकर्ताले आज दिउँसो ३ बजेभित्र तोकेको अनलाइन ठेगानामा आवेदन दिन सक्ने बैंकले जनाएको छ । यद्यपि, कूल ट्रेजरीमध्ये १५ अर्ब २० करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ९ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री गर्ने केन्द्रीय बैंकको भनाई छ ।

Read More