Author: Nisha Shrestha

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका-७ स्टेशनपुरकोल धर्म जनता माध्यमिक विद्यालयका विद्यार्थी खेलकुदका क्षेत्रमा जिल्लामै अब्बल देखिएका छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा विद्यालयका विद्यार्थीले सहभागिता जनाउँदै आएका छन् । सातौँदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गरी १९ विद्यार्थीले सहभागिता जनाइ पदक जितेका छन् । विद्यालयका खेल शिक्षक गणेशसिंह धामीका अनुसार सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई, आठौँमा सात र नवौँमा ११ जना विद्यार्थीले सहभागिता जनाएका थिए । “सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सेपाक्ताक्रोमा विद्यालयकी छात्रा शर्मिला दमाइले गोल्डमेडल जित्न सफल हुनुभएको थियो”, शिक्षक धामीले भन्नुभयो, “गत असोजमा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामामा विद्यालयकी छात्रा लक्ष्मी साउदले एथलेटिक्सतर्फको दुई सय मिटर दौडमा कास्य पदक जित्नुभएको…

Read More

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिएका हुन् । १० पुसमा प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । २५ पुसबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ । यसको भोलिपल्ट बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् । यसर्थ…

Read More

काठमाडौं – उपप्रधान तथा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् । शुक्रबार भएको भेटमा राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् । साथै भेटमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको छ । एक साताअघि राजदूत थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

Read More

काठमाडौँ – हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले पुस २२ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभयो । समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले…

Read More

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ आज संवैधानिक इजलासमा सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी तोकिएको छ । संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षको छलफल आजका लागि राख्ने निर्णय गरेको थियो । आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा बहस हुने जनाइएको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट…

Read More

काठमाडौं – दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ । त्यस्ता पदहरुमा वैदेशिक रोजगारमा दक्षिण अफ्रिका जाँदा नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जान दूतावासले अनुरोध गरेको छ । दक्षिण अफ्रिकामा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने एवं त्यहाँबाट युरोप, अमेरिका जान सहज हुने भ्रममा पारी नेपाली नागरिकहरुबाट लाखौँ रुपैयाँ लिने गरिएकोप्रति दूतावासले ध्यानाकर्षण भएको जनाएको छ ।…

Read More

काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरू भएको छ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको हो । बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताए । सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ। विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्रित हुने गठबन्धनको तयारी छ । यो सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने जनाइएको छ। पुस १४ गते बसेको सत्ता…

Read More

काठमाडौँ – नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिवि विद्यार्थी कल्याण परिषदद्वारा चैत ५ मा प्रस्तावित स्ववियु चुनावको स्वागत गरेको छ । त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर अनेरास्ववियूले यो पटकबाट स्ववियुमा पूर्णसमानुपातिक निर्वाचन लागू गराउन निर्देशनका लागि ज्ञापन पत्रसमेत बुझाएको छ । प्रधानमन्त्रीलाई ज्ञापन(पत्र बुझाउन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितका विद्यार्टी टोली शुक्रबार बिहान बालुवाटार पुगेको थियो । निर्वाचन सबै वर्गरसमुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशीताको सिद्धान्तअनुसार पूर्णसमानुपातिक प्रणालीमार्फत हुनुपर्ने र विश्वविद्यालय एवं क्याम्पसहरूमा उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न प्रत्येक स्ववियुमा सम्वन्धित शैक्षिक संस्थाको उत्कृष्ठ एक(एक जना छात्र र छात्रालाई सहभागी गराइनुपर्ने सो संगठनको माग छ । विश्वविद्यालयहरुमा स्ववियुको…

Read More

काठमाडौँ – पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य शुक्रबार प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि २० रुपैयाँको गिरावट आएको छ । बिहीबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको हो ।

Read More

फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ । हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश साइनीको निर्देशनमा तयार फिल्मले हरर कन्टेनमा उठने प्रश्नको जवाफ दिने बताइको छ । “हरर फिल्ममा दर्शकले हेर्दै गर्दा थ्रिल पैदा गर्न सकेको टेक्निक अपनाएका छौँ । यसले हलसम्म पुग्ने दर्शकलाई रेगुलरभन्दा फरकपन पक्कै दिनेछ”, निर्देशक जेम्सले भन्नुभयो । प्रियङ्का कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतले अभिनय गर्नुभएको छ । “मैले सुनकेशरी नामक हरर फिल्म बनाए । यद्दपि बनाउन चाहेको भने यस्तो थियो । डेब्यु निर्देशकले निकै…

Read More