Author: Nisha Shrestha

जनकपुर – मधेस प्रदेशसभामा दोस्रो ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन हुने भएको छ । उक्त दलको प्रदेश संसदीय दलको नेता निर्वाचन समिति संयोजक चन्द्रशेखरकुमार यादवले आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म पार्टीको प्रदेश कार्यालयमा मतदानको कार्यक्रम तय भएको जानकारी दिनुभयो । संसदीय दलको नेताका लागि कृष्णप्रसाद यादव र रामसरोज यादवको उम्मेदवारी परेको उहाँले बताउनुभयो । कृष्णप्रसादको प्रस्तावकमा वीरेन्द्रप्रसाद सिंह र सुनिलकुमार यादव तथा समर्थकमा जङ्गीलाल राय र नागेन्द्र साह रहनुभएको छ ।यसैगरी रामसरोजको प्रस्तावकमा कौशलकिशोर राय र समर्थकमा जीवछी यादव रहनुभएको छ । यसअघि पार्टीको महाधिवेशनमा पनि प्रदेश सभापतिका लागि पनि उहाँहरु दुवैबीच प्रतिस्पर्धा भएकामा…

Read More

काठमाडौं – सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने भएको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता साझेदार चार दलको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रम तय भएपछि धेरै कुराको तय हुने भएकाले प्याकेजमा सहमति गर्दा मन्त्रिमण्डल विस्तार पनि विश्वासको मत पाएपछि हुनसक्ने गृहमन्त्री रवि लामिछानेले बताए । साथै मन्त्रिमण्डल विस्तार गर्दा पनि क्षमताका आधारमा मात्रै गर्न दलहरु सहमत भएका छन् । ‘मन्त्रिमण्डल विस्तार गर्दा क्षमताका आधारमा मात्रै गर्नेमा छलफल भएको छ’,मन्त्री लामिछानेको भनाइ छ । ‘पछाडि या अगाडि भन्ने कुरा होइन की हामीले मन्त्रिमण्डल विस्तार गर्दा विषयविज्ञहरु भए राम्रो हुन्छ । एउटा मान्छेले एउटा मन्त्रालय सम्हाल्ने र फेरि उसैले अर्को…

Read More

काठमाडौं – प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको छ । कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम तयार पार्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । कार्यदललमा सत्ता साझेदार दलका तर्फबाट एक–एक जना सदस्य रहनेछन् । वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न गठन भएकाले पनि केही न केही नयाँ कामको सुरुआत गर्नैपर्छ भन्ने मनसायका साथ आजको बैठकमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत…

Read More

काठमाडौं – सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी हुनुहुन्छ । प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन विभिन्न रानजीतिक दलसँगको छलफललाई तीव्र पार्नुभएको छ । उहाँले बुधबार एमाले अध्यक्ष ओली, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

Read More

काठमाडौं — बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसीको सुनुवाई न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा सुनुवाई हुने भएको छ । पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरुको भनाइ छ। गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए। यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो। पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका…

Read More

खजुरा – तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् । नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताउनुभयो । “चिसोले घरबाहिर निस्किन सकिएको छैन”, उहाँले भन्नुभयो । चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका–४ का रामदिन गोडियाले बताउभयो । आगो बालेर…

Read More

काठमाडौँ – सरकारले इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्य पनि हेर्ने जिम्मेवारी दिएको छ। हाल इजिप्टका आवासीय राजदूत रहेका लम्साललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोर्डनको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्। यस्तै, अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ। रेग्मी भियनास्थित संयुक्त राष्ट्र संघ कार्यालयका लागि नेपालका स्थायी प्रतिनिधिसमेत हुन्। लम्साल र रेग्मीलाई नेपालको संविधानको धारा २८२ को (२) बमोजिम गैरआवासीय राजदूतमा नियुक्त गरिएको हो।

Read More

काठमाडौँ – वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वाटोला ठेगाना भएका १४ वर्षीय निरज कुमार पासवानको अपहरण गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१७ अलौ ठेगाना भएका २४ वर्षीय कृष्णा भन्ने श्याम प्रसाद यादव र धोबिनी गाउँपालिका-१ घोडादौडपिप्रा ठेगाना भएका ३० वर्षीय दिलिप कुमार पटेल रहेका छन् । मंसिर ८ गते दिउँसो वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वा टोलबाट अपहरित पासवानको शव वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलस्थित गुरूकुल पन्ना मेमोरियल ई.बोर्डिङ स्कुलको पुरानो भवन अगाडि सेफ्टी टंकी भित्र पुस १० गते बेलुका फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई वीरगंज महानगरपालिका-१७ बाट…

Read More

काठमाडौं – उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् । उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए ।

Read More

काठमाडौँ – सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १५७ (२) बमोजिम राष्ट्रपति भण्डारीले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Read More