Author: Nisha Shrestha

महेन्द्रनगर  – बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्नको पहिचान भएको प्रहरीले जनाएको छ । बुधबार घाँटी रेटेर हत्या गरेको अवस्थामा माया मृत फेला परेकी थिइन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी मोहनराज आचार्यका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । अहिले उनी फरार छन् । छिट्टै प्रहरीको नियन्त्रणमा ल्याउने प्रयास भईरहको छ । डिआइजी आचार्यका अनुसार हत्या आरोपित सशस्त्र प्रहरीका जवान हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरीका जवान हत्यामा संलग्न रहेको तथ्य खुलेको हो । उनलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी खटाइएको छ । भारत भाग्न सक्ने आशङ्कामा महाकाली नदीको तटीय क्षेत्रमा पनि…

Read More

बाजुरा – बाजुराको मतगणना केही बेरपछि सुरु हुँदैछ । मतगणनाका लागि सर्वदलीय बैठकले निर्णय गरेपछि बिहीबार दिउँसो साढे ३ बजेबाट मतगणना सुरू हुने जनाइएको छ । बिहीबार जिल्लामा सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरू हुने निर्णय गरिएको जनाइएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले आज दिउँसो साढे तीन बजेबाट मतगणना सुरू हुने जानकारी दिए। यसअघि मंसिर ४ गते भएको विवादका कारण भएका घटनाका कारण मतगणना कार्य सुरू हुन सकेको थिएन।

Read More

दार्चुला – यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा दार्चुलामा उम्मेदवारी दिएकामध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत पनि पुर्‍याउन नसकेपछि प्रतिनिधिमा सात र प्रदेश सभामा पाँच जनाको जमानत जफत भएको हो । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्यका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने क्रममा १० हजार रुपियाँ धरौटी राखेका थिए । त्यो धरौटी जोगाउनका लागि उम्मेदवारले सदर मतको १० प्रतिशत भोट प्राप्त गर्नुपर्ने थियो तर प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेका…

Read More

कैलाली – कैलालीको गोदावरीमा कल्पवृक्ष रोपण गरिएको छ । जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियास्थित भरतपुर टोलको रामजानकी मन्दिर र गोदावरी मन्दिरमाथि डाँडामा रहेको गोरख धुनीमा कल्पवृक्ष रोपण गरिएको हो । रामजानकी मन्दिर परिसरमा वरिष्ठ पत्रकार पिआर चटौत र गोरख धुनीमा ब्राजिल बाबाले कल्पवृक्ष रोपण गर्नुभएको हो । “यो हिन्दू संस्कृतिको महान वृक्ष हो, यसको बिहानै दर्शन गर्ने वित्तिकै सकारात्मक ऊर्जा दिन्छ”, ब्राजिल बाबाले भन्नुभयो । वरिष्ठ पत्रकार चटौतले पत्रकार पुष्पराज जोशीको कल्पवृक्ष अभियानलाई सदैव साथ दिँदै हरित अभियान सञ्चालन गर्ने बताउनुभयो । यसअघि धनगढीको शिवपुरी धाममा कल्पवृक्ष रोपण गरिएको थियो ।

Read More

महेन्द्रनगर – महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन । गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो । राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजनामा तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूलनहर बनिसकेको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले नहरमा नियमित पानी ल्याउने विषयमा भारतीय पक्षसँग कुराकानी नभएको बताउनुभयो । उहाँले हाल निर्माणाधीन मूलनहरका केही स्थानमा प्राविधिक समस्या देखिएकाले सो विषयमा ध्यान नदिइएको जानकारी दिनुभयो । “गाउजी क्षेत्रको दोस्रो प्याकेजमा पर्ने जङ्गलक्षेत्रमा प्राविधिक समस्या हुँदा नहरमा नियमित पानी ल्याउने…

Read More

काठमाडौं – क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक र ट्रिपर कारबाहीमा परेका छन् । बुधबार राति ९ देखि ११ बजेसम्म भक्तपुरको सल्लाघारी-जगाती सडक खण्डमा गरिएको रात्रिकालीन चेकिङमा हद निर्धारण गरिएको भन्दा बढी सामान राखिएका ती सवारीसाधनलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । ३२ वटा सवारीसाधनलाई यातायात व्यवस्था ऐन २०४९ बजोजिम एक हजार रुपैयाँ जरिवाना गरिएको र ४३ वटा सवारीसाधनमा बढी भएको सामान भने कारवाहीस्वरुप हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Read More

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षीय नगर यातायात गुरुयोजना बनाउने भएको छ । नगरका १२ वडाको सडकको अवस्था अध्ययन गरी स्तरोन्नति गर्नका लागि सो योजना बन्न लागेको हो । सडकको अवस्था, लम्बाई, सवारी चाप लगायतको अध्ययन गरी नगर क्षेत्रभित्र रहेका झण्डै दुई सय सडकको सर्भेगरी नक्शङ्कनको कार्य गरिने प्राविधिक शाखाका प्रमुख इञ्जिनीयर दीपक धामीले बताउनुभयो । यसका लागि पैसो परामर्शदाता कम्पनीसँग सम्झौता गरिएको छ । गत जेठ १५ गतेभित्र गुरुयोजना निर्माणको कार्य सक्ने गरी सो कम्पनीसँग रु आठ लाख ५० हजारमा सम्झौता गरिएको छ । सम्झौता अनुसार सडकको सर्र्भे, नक्शाङ्कन, ग्रामीण सहरी सडकको अवस्थाबारे अध्ययन गर्ने, स्तरोन्नति गर्नुपर्ने सडक र…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वृद्धभत्ता पाउने उमेर घटाउने प्रतिस्पर्धा चलेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आर्थिक गतिविधि चलायमान बनाउन र रोजगारी सिर्जनामा हुनुपर्ने प्रतिस्पर्धा वृद्धभत्ता पाउने उमेर घटाउनमा भइरहेको बताए । ‘मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् कि जस्तो लागेको छ । प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ, नयाँ आउने प्रधानमन्त्रीले नेपालमा १ वर्षभित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु, कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो । भाष्य नै हामीले गलत बनाएका छौँ’…

Read More

काठमाडौँ- दराजले थिचेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ की अढाई वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएकी थिइन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । मृतक बालिकाको शव बुधबार घरमा ल्याएर अन्त्येष्टी गरिएको स्थानीयले बताएका छन् । सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएको नातिनीलाई उनको घरमा राखिएको दराजले थिचेर घाइते भएको हजुरबुबा अर्जुन कार्कीले बताए । दराजले थिचेर अचेत अवस्थामा रहेकी नातिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा…

Read More

महोत्तरी – निर्वाचनमा भोट नदिएको निहुँमा एमालेका कार्यकर्ताहरुबाट महोत्तरीको निगौलका जनता कुटिएका छन् । कुटपिटबाट ७ जना घाईते भएका छन् । महोत्तरी क्षेत्र नं. १ का निर्वाचित सांसद लक्ष्मी महतो समूहले निगौलका बस्तीमा पुगेर निर्घाट कुटपिट गरेको स्थानीयले आराेप लगाएका छन् । मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकको हत्याको आरोपित महतो फरार अभियुक्तको सूचीमा छन् । निर्वाचनअघि पनि आफूलाई मतदान नगरे कुटपिट गर्ने धम्की दिएका महतोले निर्वाचित भएलगत्तै मंगलबार राती वस्तीमा केही समूह पठाएर कुटपिट गराएको स्थानीयले बताएका हुन् । ‘हामीलाई मार्ने उद्देश्यले नै लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतो, वडा अध्यक्ष श्याम मण्डलसहितको टोली पठाएर घरभित्र पसेर गठबन्धनमा भोट किन हालेको…

Read More