Author: Nisha Shrestha

काठमाडौं – नवगठित मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्ड र तीन उपप्रधानमन्त्री र चार मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीसमक्ष उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिएका छन् । त्यस्तै, विनाविभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खानले पद तथा गोपनीयताको शपथ लिएका…

Read More

काठमाडौं – सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका छन्। राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा उनले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास गरेको बताउनुभयो । उनको कार्यकालमा खासगरी वीरगञ्ज र पाटनमा रहेको जग्गा महान्यायाधिवक्ता कार्यालयको मातहतमा ल्याउन सफल छ । त्यस्तै, कर्मचारी सेवा सर्तसम्बन्धी छुट्टै कानून ल्याउने विषय अघि बढे पनि त्यो पूरा भने हुन सकेन । सरकारी वकिलको यही पुस ८ देखि १० गतेसम्म राष्ट्रिय सम्मेलन…

Read More

काठमाडौं – गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे । अपराध अनुसन्धान महाशाखले उनको पासपोर्टबारे सुक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरुले उनलाई गृहमन्त्री बनाएका छन् । ‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन,’ पदभार ग्रहण गर्दै उनले भने ।

Read More

काठमाडौं – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ नसकिँदै शीतलनिवासबाट बाहिरिएका छन् । प्रधानमन्त्री दाहालको शपथ सकिनासाथ मन्त्रीहरुले शपथ लिन बाँकी रहँदा नै उनी आफ्नो सिटबाट उठेर हिँडेका थिए । देउवा हिँडेपछि बाँकी सात मन्त्रीको शपथ गराइएको थियो ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नेछन् । मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र जनमुक्ति पार्टीका अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । बाँकी मन्त्रालयहरु सबै प्रधानमन्त्री प्रचण्डले आफूसँग राखेका छन् ।

Read More

काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन् । सोमबार दाहालसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिएका हुन् । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् । एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको हो । रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराका अनुसार लामिछानेले गृहमन्त्रालय पाउने निश्चित भएको हो । उनले भने, ‘नारायणकाजी र रविजीले गृहमन्त्रीमा दाबी गर्नुभएको छ । तर, अब नारायणकाजीले परराष्ट्र रोजेपछि उहाँले गृहमन्त्रालय पाउने पक्का भएको हो ।’

Read More

काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलसहित चार जना सरकारमा सहभागी हुने भएका छन् । उपाध्यक्ष पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने भएका हुन् । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दाबी गरेका छन् ।

Read More

काठमाडौं – जनमत पार्टीका अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । अध्यक्ष डा. सीके राउतका अनुसार खानलाई आफ्नो पार्टीबाट सरकारमा पठाउने निर्णय गरिएको छ । उनी सो पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् । उनले आफू सरकारमा नजाने प्रष्ट पारे ।

Read More