Author: Nisha Shrestha

कपिलवस्तु – कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोप लागेको छ । पीडितले न्यायाधीशविरुद्ध उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु भएको छ । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् । मानव अधिकार आयोगका अनुसार, उजुरीमा न्यायाधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ ।

Read More

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ । सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको हो । वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताउनु भयो । यता, गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रूपमै काठमाडौँ ल्याउने गृहकार्य अघि बढाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । त्यसका लागि आयोजनाका कर्मचारी र मुहान क्षेत्रका स्थानीयका माग सम्बोधन गर्नुपर्ने लगायतका सुझाव नेता सिंह ले दिएका छन् । मङ्गलवार नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेलम्ची खानेपानी बारेमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनले मेलम्ची खानेपानी काठमाडौँका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाडौँमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको…

Read More

काठमाडौं – काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हालै सम्पन्न निर्वाचनका क्रममा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । मिश्रले मंगलबार निर्वाचन आयोग समक्ष २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। आफूलाई निर्वाचनमा कूल ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको पनि मिश्रले खुलाएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘पहिलेजस्तै यस पटक पनि निर्वाचन लड्न मैले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थिएँ। निर्वाचन आयोगले तोकेको खर्च सीमा रू २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक…

Read More

बझाङ – बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो । १५ दिन बिदा लिएर आएको टोलीले खप्तडमा एक हप्ता नै बस्ने योजना बनाएको थियो । आइतबार खप्तड पुग्नुभएका उहाँहरू दुई दिन नबस्दै फर्किनुभयो । सोमबारको साँझ डोटीको झिग्रानामा उहाँहरू बास बस्नुभयो । खप्तड घुम्ने समय छुट्याएको टोलीले डोटीको शैलेश्वरी हुँदै डडेल्धुराको उग्रतारा, कञ्चनपुरको शुक्लाफाँटा, दोधारा–चाँदनी, कैलालीको घोडाघोडी ताल हुँदै बर्दियाको ठाकुरद्वारा गएर बिदाको समय सक्नुभयो । खप्तडमा साता दिननै योजना बनाएर आउनुभएका उहाँहरूले खाने, बस्ने समस्या भएको भन्दै बसाइ छोट्याउनुभयो । “सामाजिक सञ्जालमा खप्तडबारे धेरै नै जानकारी लिएका थियौँ”, पौडेलले भन्नुभयो, “तस्बिर तथा भिडियोमा खप्तडका…

Read More

बेनीबहादुर कार्की नेपालमा मुलुक बनाउने मन्त्र लामो समयदेखि अहम् प्रश्नको रुपमा रहेको छ । यसको मूल कारण यो सवाल राणाकालदेखि जोडिएको छ । धरहरा, घन्टाघर हुन् वा दरबार हाई स्कुल वा त्रिचन्द्र कलेज । यी सबै विकाससँगै जोडिएर गरिएका काम हुन् । तर त्यसपछि पनि प्रजातन्त्र, पञ्चायतकाल वा बहुदल, लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दासमेत यो प्रश्नको सन्तोषजनक जवाफ नेपाली जनताले पाउन सकेका छैनन् । त्यसैले अब त कसैले देश बनाउँछु भन्यो भने पनि नेपाली जनताले नपत्याउने अवस्था भइसकेको छ । यही भएर यही मङ्सिर ४ गते भएको निर्वाचनमा मतदातालाई विश्वास दिलाउन कतिपय उम्मेदवारले घूस खानु आमाको रगत खानु सरहको काम हो…

Read More

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २६ हजार ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८७ हजार पाँच सय ५६ मत प्राप्त गरेका छन् । साथै, जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार २३,६९, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय ६१, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९६…

Read More

कञ्चनपुर – कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित भएको हो । विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जग्गासहित विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार पाँच सय २५ मिटर पुग्छ । तर अहिले धावनमार्गको लम्बाइ एक हजार मिटर मात्रै छ । तर जमिनको भोगाधिकार विमानस्थलका नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताउनुभयोे । “सेनाले…

Read More

काठमाडौँ – गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरु फार्मभित्रै मर्न थाले । दक्षिण कोरियाबाट फर्केर सुनिल र अनिता स्याङ्तान दम्पतीले एक वर्षअघि सुरु गरेको ‘उन्नती हाम्रो बङ्गुर फार्म’ पनि अफ्रिकन स्वाइन फ्लुको सङ्क्रमणबाट अछुतो रहेन । अफ्रिकन स्वाइन फ्लुले स्याङ्तानको फार्ममा ३८ वटा माउ बङ्गुर मार्‍यो । माउ बङ्गुर नै नरहेपछि तीन सय ८० भन्दाबढी बच्चा दूध खान नपाएर मरे । यसले स्याङ्तान दम्पतीलाई व्यवसायको पहिलो वर्षमै ठूलो धक्का लाग्यो । “जेठमा अफ्रिकन स्वाइन फ्लु नआएको हुँदो हो त बङ्गुर फार्ममा…

Read More

कैलाली – कैलारी गाउँपालिका – ७ रामपुर बस्ने रामशरण चौधरीको घरबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका९८ बस्ने २४ वर्षीय रोशन शाह समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ​विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । ​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More