Author: Nisha Shrestha

काठमाडौं – सिक्किममा हिजो गएको हिमपहिरोमा तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । नाथुला नाका नजिकै गएको हिमपहिरोमा हिजो सात जनाको मृत्यु भएको थियो । सिक्किम सरकारका अनुसार १३ जना घाइते भएका छन् । प्राप्त विवरणअनुसार चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल र रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो । घाइते १३ जनामध्ये तीन जना नेपाली रहेको बताइएको छ । घाइते गीता सापकोटा, ज्योति गुरुङ र रमेश खनालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Read More

अछाम – सोह्र वर्षमुनिको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता अछाममा हुने भएको छ । उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुने छ । सहभागी हुने प्रदेशका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । समूह ‘ए’मा कैलाली, बैतडी, डडेल्धुरा र दार्चुला तथा समूह ‘बी’ मा कञ्चनपुर, अछाम, डोटी र बझाङ रहेका छन् । अछामको साँफेबगरस्थित मैदानमा प्रतियोगिताको उद्घाटन खेल अछाम र डोटीबीच हुने छ । सोही दिन अर्को खेलमा कञ्चनपुर र बझाङले भिड्ने छन् । सचिव भट्टका अनुसार आगामी वैशाख ४ गते सेमिफाइनलका खेल हुनेछन् भने वैशाख ५ गते उपाधिका लागि…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको छ । राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइका लागि फुयाँलको इजलासमा पेशी तोकिएको हो। सुनुवाइ पेसी सूचीको ‘ज’ नम्बरमा छ। मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो। सोमबार युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए। यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो। महान्यायाधिवक्ताको लामिछाने विरुद्ध…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । माओवादी पदाधिकारीको बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।

Read More

धनगढी- बैतडीको मेलौलीमा हुने स्वास्थ्य शिविरको तयारी तिव्र पारिएको छ । बैतडी समाज कैलालीले बैशाख ८, ९ र १० गते मेलौली नगरपालिकामा रहेको प्रार्थमिक स्वास्थ्य चौकी परिषरमा तीन दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो ।पुख्र्यौली घर बैतडी भएर कैलालीमा बसोबास गर्दै आएका ब्यक्तिहरुले समाजको गठन गरेर समाजसेवा गरिरहेका हुन् । समाजले हरेक वर्ष बैतडी जिल्लाको दुर्गम भेगका जनतालाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । यसअघि समाजले बैतडीको पाटनमा तीन दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ । बैतडीको मेलौलीमा हुने स्वास्थ्य शिविरमा विभिन्न ८ विधाका चिकित्सकहरुले निशुल्क स्वास्थ्य जाँच गर्नेछन । शिविरमा हाडजोर्नी तथा नशा…

Read More

धनगढी – सरकारले कर्मचारीको सरुवा गरेपछि सुदूरपश्चिममा सरकारी सेवाका कर्मचारीहरु सरुवा रोक्ने कसरतमा जुटेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीको सरुवा गरेपछि यतिबेला कर्मचारीहरु मन्त्री, नेता र उच्च तहका पदाधिकारीसमक्ष हारगुहार गरिरहेका छन् । यसैबीच प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डाक्टर खगेन्द्र बम पनि सरुवा रोक्ने कसरतमा जुटेको चर्चा सुरु भएको छ । मन्त्रालयले डाक्टर बमको बझाङमा सरुवा गरेपछि उनी सरुवा रोक्ने तयारीमा लागेको स्रोतको दाबी छ । ‘मन्त्रालयले उहाँको सरुवा गरेको पत्र फागुन २८ गते पठाएको छ । उहाँको सरुवा बझाङमा भएको छ ।’, स्रोतले भन्यो, ‘तर, उहाँ सरुवा भएर जाने मनसायमा देखिनुहुन्न । सकेसम्म प्रादेशिक आयुर्वेद…

Read More

काठमाडौँ – कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा समय लिएर बोल्दै उनले मल र बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा आफ्नो ध्यान केन्द्रित भएको बताए । ‘मल आउन ढिला हुन्छ भन्ने सबैलाई थाहा छ, तर मल आउन ढिला हुने प्रक्रियालाई छिटो बनाउन सबैको पहल हुनुपर्छ’, उनले भने, ‘आवश्यक मलको ७५ प्रतिशत बढीको टेन्डर भइसकेको छ । केही आउने क्रममा छ । यो हाम्रो हातमा मात्रै छैन, विदेशको यातायात व्यवस्थाले कति सहयोग गर्छ भन्ने कुरामा निर्भर गर्छ…

Read More

काठमाडौँ – राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा। वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यी दुवै विधेयक राष्ट्रियसभामा उत्पत्ति भएका थिए । राष्ट्रियसभाबाट पारित भएका यी विधेयक अब प्रतिनिधिसभामा जानेछन् । राष्ट्रियसभाको अर्को बैठक यही चैत २७ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।

Read More

काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दाको सुनुवाइ सुरु हुनसाथ हेर्न नमिल्ने भएको बताइएको छ । सोमबार दर्ता भएको रिट मङ्गलवारका लागि पेशी सूचीमा चढाइएको थियो ।

Read More

काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सुनुवाइ सुरु भएको छ । सोमबार दर्ता भएको उक्त रिटमाथि मङ्गलवार न्यायाधीश सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो । लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल ‘सफल’ले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

Read More