Author: Nisha Shrestha

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई दम्पतीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारै पुगेर बधाई दिएका छन्। आज बिहान प्रचण्डलाई बधाइ दिन उनको निवास खुमलटार पुगेका भट्टराईले भेटपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत सहकार्यको अपिल पनि गरेका छन्। उनले लेखेका छन्, ‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना । क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ।’ हालै सम्पन्न निर्वाचनमा भट्टराई नेतृत्वको समाजवादी र माओवादी केन्द्रले चुनावी तालमेल गरेको थियो।

Read More

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन्। आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ रहेकोमा देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन् ।

Read More

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशभरका कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् । आफूलाई देशभरका कार्यकर्ताले अब के हुन्छ भन्दै प्रश्न गरेको बताउँदै शर्माले चिन्ता नगर्न भनेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘देशभरबाट साथीहरुले सोधिरहनुभएको छ, कसरी यस्तो भयो ? अब के हुन्छ ? मैले केवल यत्ति भनेँ– डन्ट वरी ।।।’ उनले थप भनेका छन्, ‘भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रुपमा हामी देशव्यापी मुभमा हुनेछौँ । नयाँ बिहानी हुनेछ । तर त्यो आफैँ आउने छैन । हामी ल्याउनेछौँ…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले जसको सरकार बने पनि जनतालाई भने सधैँ सास्ती हुने गरेको बताएका छन् । उनले राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने सबै सरकारमा पुगेको तर जनतालाई भने सधैँ सास्ता हुने गरेको बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएको केहीबेरमा बालेनको यस्तो टिप्पणी आएको हो । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा। हामी प्रजा सधैँ सास्तीमा ।’ प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा,जनमत पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा माओवादी अध्यक्ष दाहाल तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्। उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए । सत्ता गठबन्धनमा नेपाली कांग्रेससँग सहमति नभएपछि आइतबार मात्रै एमालेलगायत दलसँग गठबन्धन गर्दै प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री भएका हुन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । अहिलेसम्म नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्री बनाउन एकमात्र प्रचण्डको नाम प्रस्तावित भएको हो । प्रस्ताव पेस भएसँगै राष्ट्रपति विद्या भण्डारीलाई अब प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बताए । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय अब एक घण्टा मात्र बाँकी छ । उक्त समयमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै नेताहरु राष्ट्रपति निवास शितल निवास जाने तयारी गरिरहेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा सहभागी हुने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

Read More

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका-४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्याको आरोपमा पक्राउ परेका भरतराम कोलीलाई कारागार चलान गरिएको छ । कोलीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय कोलीमाथि गत मङ्सिर १३ गते घाँटी रेटेर हत्या गरेको आरोप छ । सशस्त्र प्रहरीका जवानसमेत रहेका कोलीविरुद्ध मायाको घाँटी रेटेर हत्या गरी लुहारकी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएको आरोप छ । घटनापछि फरार रहेका कोलीलाई प्रहरीले मङ्सिर १८ गते महेन्द्रनगरबाट पक्राउ गरेको थियो । कोलीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने…

Read More

काठमाडौं – नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

Read More

खोटाङ – उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन् । बुइँपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्यचौकीभन्दा मुनि पुगेपछि सडकबाट करिब पाँच मिटर तल खस्दा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीकी १६ वर्षीया रेनुका भुजेलसहित छ यात्रु घाइते भएका हुन् । बत्तीस यात्रु सवार बस दुर्घटनामा भुजेलसहित घाइते हुनेमा बुइँपा खिरीका २९ वर्षीय वीरेन्द्र घिमिरे, बुइँपाकै कट्टी निवासी २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेँसी गाउँपालिका–२ खार्पाका २० वर्षीय कुसल सार्की, दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्कका ७३ वर्षीय आइते सार्की र सोही स्थानकी २७…

Read More