Author: Nisha Shrestha

मुसीकोट – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आउनु भएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिनुभएको हो । त्यस्तै प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिएका छन्। अन्य राजनीतिक दलहरुले पनि उम्मेवारी दिँदै छन् ।

Read More

काठमाडौँ – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट मानुषी यमी भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतवार उम्मेदवारी दर्ता गराएकी हुन् । आइतवार दिउँसो उनले आमा हिसिला यमीसँगै बालाजु पुगेर मानुषीले उम्मेदवारी दर्ता गराएकी हुन् । मानुषी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । उनी नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्दैछन् । यो क्षेत्रमा एमालेको समर्थनमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिँदैछन् ।

Read More

चितवन – रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। उनले आइतबार झापाको क्षेत्र नम्बर ५मा आफ्नो मनोनयनपत्र दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गराउन उनी आफैँ झापा पुगेका छन्। उनीविरूद्ध गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका खगेन्द्र अधिकारी भिड्दै छन्।

Read More

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न अस्वीकार गरेका छन् । चुनाव नलड्ने बताएका बादललाई काठमाडौँ क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओलीको आग्रह समेत बादलले अस्वीकार गरे । स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटे । अहिले एमाले राजधानीमा उपलब्ध नेताहरू अर्को उम्मेदवारबारे छलफलमा छन् । यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरूको नाम सिफारिस भएको थियो । तर टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने बादललाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए ।

Read More

काठमाडौँ – कानुनमन्त्री गोविन्द कोइराला बन्दी आजदेखि पदमुक्त हुँदैछन् । संविधानमा संघीय संसद्को सदस्य नभएको व्यक्ति समेत ६ महिनाका लागि मन्त्री हुन पाउने व्यवस्था अनुसार उनी कानुन तथा संसदीय मामिलामन्त्री नियुक्त भएका थिए । आज उनी नियुक्त भएको ६ महिना पुग्दैछ । मन्त्री बन्दीले आफूले पद छाड्ने वा नछाड्ने केही बताएनन् । संक्रमणकालीन न्याय व्यवस्थापन र अरू केही कानुन निर्माणका कामका लागि कानुन व्यवसायको पेसा केही समय थाँती राखेर बन्दी मन्त्री भएका थिए । स्रोतका अनुसार, मन्त्री बन्दीले पद छाड्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा लगायत आफ्नै दलका नेताहरूलाई जानकारी गराएका थिए । कतिपयले ‘निर्वाचनको घोषणापछि कामचलाउ सरकारका अरू मन्त्रीहरू समेत संसद…

Read More

इलाम – सुन सफा गरिदिने बहानामा ठगी गरेको भन्दै प्रहरीले इलामबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित कटिहार सुल्तानपुरका ४९ वर्षीय केशव शाह रहेका छन् । सूर्योदय नगरपालिका २ बौद्धधामकी कल्पना तामाङको सुनको सिक्री, चाँदीको चम्चा र काँसको थाल सफा गर्ने बाहनामा ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदीप सुवेदीले जानकारी दिए । साहमाथि थप अनुसन्धान भइरहको उनले बताए ।

Read More

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेत मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । कार्यकर्ताको चर्को नाराबाजी तथा हुटिङका साथ उनी उम्मेदवारी दिन पुगेका हुन् । कार्यकर्ताहरूले बस्नेतको पक्षमा चर्का नारा लगाइरहेका छन् । बस्नेतले भक्तपुर २ बाट चुनाव लड्न लागेका हुन् । अघिल्लो निर्वाचनमा पनि विजयी बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध मैदानमा खडा भएका हुन् ।

Read More

एजेन्सी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्मदिनमा अनौठो उपहार प्राप्त गरेका छन् । युक्रेनविरुद्ध ७ महिनादेखि हमला गरेका पुटिनले ट्रयाक्टर उपहार प्राप्त गरेका हुन् । पुटिनका बेलारूसी सहयोगी अलेक्जेन्डर लुकासेन्कोले सो उपहार दिएका हुन् । रुसी सहर पिटर्सवर्गको भ्रमणका क्रममा लुकासेन्कोले उक्त उपहार दिएका हुन् । पुटिनलाई ट्रयाक्टर उपहार दिएको लुकासेन्कोले पुष्टि गरेका छन् । युरोपको स्व–शैलीका ‘अन्तिम तानाशाह’ लुकासेन्को सन् १९९४ देखि सत्तामा छन् । युक्रेनमा रुसी हमलाको उनले समर्थन गर्दै आएका छन् । लुकासेन्को पुटिनका निकट मित्रसमेत हुन् ।

Read More

झापा – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गरेका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चारवटामा एमाले र एकमा राप्रपा र एमालेबीच तालमेल भएको छ ।

Read More