Author: Nisha Shrestha

धनगढी – सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा चलखेल भइरहेको आरोप लागेको छ । प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपुर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेकोमा भर्ना प्रक्रियामा चलखेल भइरहेको आरोप लागेको हो । ६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै ८ जना नवौँ तहका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, ३५ जना स्टाफ नर्ससहितका ७१ जनाका लागि दरखास्त माग गरेको थियो । सबै पदहरुमा एक हजार ८३ जनाले आवेदन दिएका छन् । अस्पतालले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७९ अनुसार माग गरिएका कर्मचारी पदपुर्ति गर्नुपर्ने भएपनि…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो । “क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा लगानी भई पुँजी पलायन हुने, विप्रेषण आप्रवाहमा प्रतिकूल असर पर्नसक्ने, विदेशी विनियम सञ्चिति व्यवस्थापनमा चुनौती हुनेलगायतका जोखिम रहन्छन्”, प्रतिवेदनमा भनिएको छ, “समग्र आर्थिक सन्तुलन कायम नहुने, वित्ती स्थायित्वसम्बन्धी जोखिम रहने, मौद्रिक नीति कार्यान्वयनमा जोखिम रहने, ठगी तथा करछलीलगायतका जोखिम रहने भएकाले यसको प्रतिबन्ध आवश्यक छ ।” क्रिप्टोकरेन्सीको कारोबारबाट देशलाई मात्र नभई यस्तो कारोबारमा संलग्न व्यक्तिलाईसमेत विभिन्न जोखिम रहने राष्ट्र…

Read More

डोटी- डोटीमा सुत्केरीलाई पोषणयुक्त खानेकुरासँगै न्यानो कम्बल वितरण गरिएको छ। डोटीको शिखर नगरपालिकाले २२५ जना सुत्केरीलाई पोषणयुक्त खानेकुरा, सरसफाइका सामग्री र न्यानो लुगा वितरण गरेको हो। उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत एक दिनदेखि तीन महिनासम्मका सुत्केरीलाई पोषणयुक्त खानेकुरासँगै न्यानो कम्मल वितरण गरिएको स्वास्थ्य शाखा संयोजक हरिश शाहले बताए। पोषणयुक्त खानेकुरा खाने र सरसफाइ गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको नगरउपप्रमुख सुनिता रावलले बताइन्। सुत्केरीलाई नगरपालिकाले अण्डा, दाल घ्युजस्ता खानेकुरा पनि उपलब्ध गराएको छ।

Read More

कैलाली- कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ। पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी÷एमके जेभीले कालोपत्र गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्र उप्किन थालेकोे स्थानीय नन्दसिंह विकले बताए। ‘कम्पनीले काम सुरु गरेदेखि नै काममा लापरवाही गर्दै आएको थियो। यसको निरन्तरता सडक कालोपत्रमा पनि देखियो,’ उनी भन्छन्, ‘निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सहजै अनुमान गर्न सकिने स्थिति रह्यो। काम गुणस्तरहीन भएको छ भन्ने।’ स्थानीय हरि चौधरीका अनुसार यस्तै अवस्थामा सडकको काम भयो भने छ महिनामै कालोपत्र सडक ग्राभेल सडकमा परिणत हुन समय नलाग्ने बताए।…

Read More

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नरसहितको टोलीसँग मंगलबार भेट गरेका छन्। पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सम्बन्ध बिग्रिएको पृष्ठभूमिमा अर्थमन्त्री महतले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सम्बन्ध सुधारको पहल थालेका हुन्। गभर्नर अधिकारीले पनि नयाँ सरकार बनेर अर्थमन्त्री महत आएपछि सरकारसँगको सम्बन्ध सुधारमा जोड दिएका छन्। गभर्नर अधिकारीसँग महतले अहिलेको आर्थिक अवस्था, समग्र तरलता, प्रणालीलगायतका बारेमा छलफल गरिरहेका हुन्। गभर्नरसँग अनुसन्धान विभागका प्रमुख प्रकाशकुमार श्रेष्ठ, विदेशी विनियमय विभागका प्रमुख रामु पौडेल, नियमन विभागका निर्देशक डा. सत्यन्द्र तिमिल्सिनालगायतको टोली पनि छन्। सरकारका तर्फबाट अर्थसचिव तोयम रायालगायत छन्।

Read More

काठमाडौँ – निर्वाचन आयोगले आगमी १० बैशाखमा हुने उपनिर्वाचनका लागि १० बुँदे आचार संहिता सार्वजनिक गरेको छ । आचार संहिता अनुसार उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदा २५ जनाभन्दा धेरैको नारा/जुलुस गर्न पाउने छैनन् । उनीहरुले आफ्नो पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न पाउने छैनन् । त्यस्तै, उम्मेदवारी दर्ताका क्रममा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तरगतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी उम्मेदवारसँग सहभागि हुन पाउनेछैनन् । उम्मेदवारले मनोनयन दर्ताको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था तथा कुनै पनि परियोजनाको स्रोत,…

Read More

काठमाडौँ – आज (मंगलबार) प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७७ अंकले बढेको छ। यससँगै सूचक १८७२.६५ विन्दुमा आएको छ। यस अवधिमा ५१ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको छ। ९ कम्पनीको १०६ कित्ता सेयर कारोबार भएको छ। यस सेसनमा कुल १० वटा कारोबार भएको हो। ६ कम्पनीको मूल्य बढ्दा २ को भने घटेको छ।

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार तोलाको १ लाख ८ हजार रुपैयाँ रहेको सुनको मूल्य आज (मंगलबार) १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गरेको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएका छन्। हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ। महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्त परिपालन गरेका थिए। नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष…

Read More

काठमाडौँ – सिटी होटलले आज (मंगलबार) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको छ। यस कम्पनीले १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यसमा २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई २०८० वैशाख २५ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको छ। होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १०५ ले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। जसअनुसार…

Read More