Author: Nisha Shrestha

पोखरा – पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो । सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको जानकारी महानगरपालिकाका प्रमुख आचार्यले दिए । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ । तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ । तालको बीचभागमा अवस्थित…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र अधिकांश मन्त्री टिकटविहीन बनेका छन् । २०७४ को निर्वाचनमा डोटी प्रदेशसभा ख बाट विजयी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट यसपटक टिकटविहीन बने । उनको ठाउँमा यसपटक माओवादी केन्द्रबाट उनकै स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् । बझाङको प्रदेश सभा क बाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका सभामुख बनेका अर्जुनबहादुर थापा यसपटक टिकटविहीन बनेका छन् । एमालेबाट चुनाव लडेका सभामुख थापाले जितेको स्थानमा यसपटक एमालेले छविलाल ओखेडालाई टिकट दिएको छ । प्रदेशकी उपसभाुमख निर्मला बडाल जोशी पनि यसपटक टिकटविहीन बनेकी छन् । उनी २०७४ को निर्वाचमा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य…

Read More

डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि आज निर्णय हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज ५ बजेसम्म देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि निर्णय लिने भएको हो। मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले सोमबार परेको उजुरीमाथि छानबिन सुरु भइसकेको बताउँदै भने, ‘उम्मेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ। सोहीअनुसार आज साँझ ५ बजेसम्म निर्णय लिन्छौं।’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारविरुद्ध परेको उजुरीबारे निर्णय लिने सम्पूर्ण अधिकार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई दिएको बताए। ‘यसमा हामीले केही बोल्न र मुख्य निर्वाचन अधिकृतको कार्यालयमाथि हस्तक्षप गर्न मिल्दैन,’ उनले भने। प्रदेश निर्वाचन…

Read More

काठमाडौँ – त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार भएको छ । ज्वरो र खोकी कम भएको छ । ‘अहिले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गर्न लागेका हौं,’ एक चिकित्सकले भने, ‘आवश्यक परे राष्ट्रपति भवनमा गएर थप परीक्षण र उपचार हुन्छ ।’ राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । २३ असोजमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Read More

काठमाडौँ – सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ । भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई जानकारी कार्यक्रम सञ्चालनका लागि जानकारी गराएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बताए ।

Read More

वीरगञ्ज – पर्साको वीरगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। करेन्ट लागेर वीरगञ्ज महानगरपालिका–२६ राम किशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको हो। अन्सारीलाई विद्युतको पोलको तारमा अचानक करेन्ट लागि मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए। यसैगरी, वीरगञ्ज महानगरपालिका–८ बसपार्कस्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रम्मा ज्यालादारीमा काम गर्ने पर्सा वीरगञ्ज महानगरपालिका–९ रानिघाट बस्ने ६० वर्षीय ध्रुवप्रसाद साहको मृत्यु भएको छ घाइते उनको आसाराम अस्पतालमा साहको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गिरीले बताए।

Read More

फुङ्लिङ – प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट ६ लाख १३ हजार ३ सय ४० रुपैयाँ र १ सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ । जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिए । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका-१ का २६ वर्षीय चुनबहादुर सुनार…

Read More

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज उक्त मूल्यले सुनको भाउ घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ थियो ।दसैं विदापछि पहिलोपटक आइतबार खुलेको सुनचाँदी बजारमा एकैपटक ३ हजार रुपैयाँ प्रतितोलाले मूल्य बढेको थियो । त्यसयता भने लगातार दुई दिन मूल्य घटेको छ । हिजो सोमबार सुनको…

Read More

डडेल्धुरा – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले डडेल्धुराका बासिन्दाको पहुँच बालुवाटारमा सबैभन्दा बढी रहेको बताएकी छिन्। उनले डडेल्धुराका बासिन्दा जति अरुले बालुवाटारमा पहुँच नपाउने दाबी गरेकी हुन्। देउवाको मनोनयन पत्र दर्ता गरेपछि उनले बालुवाटारका लागि डडेल्धुरा जादूको शब्द ‘खुल्जा सिमसिम’ रहेको बताइन्। उनले भनिन्, ‘डडेलधुराको मान्छे जति एक्सेस बालुवाटारमा कसैले पाउँदैन। डडेलधुरा म्याजिक वर्ड जस्तै हो। खुल्जा सिमसिम भन्नेबित्तिकै खुल्ने। म डडेलधुराको भन्नेबित्तिकै भित्र जान पाउँछ। काठमाडौंको बासिन्दाभन्दा डडेल्धुराको बासिन्दाले धेरै गाउँगाउँ वडावडाका साथीहरुले भेट्न पाएका छन्।’ उनले देउवाले डडेलधुरा नै पुगेर भेट्नुपर्ने भन्ने नरहेको समेत बताइन्। उनले देउवा देश चलाउन व्यस्त रहेको जानकारी दिइन्।…

Read More

डडेल्धुरा – प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्द्र उजुरी परेको हो। नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ। बीपी काँग्रेसका तर्फबाट उम्मेदवार रहेको कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन्। मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

Read More