Author: Nisha Shrestha

काठमाडौँ – नेपाल-भारत परराष्ट्र सचिव स्तरीय औपचारिक वार्ता नयाँ दिल्लीमा मङ्गलवार हुने भएको छ । परराष्ट्र सचिव स्तरीय संयन्त्रलाई दुई मुलुकका सीमा समस्या समाधान गर्नेसहितका जिम्मेवारी दिइएको छ । त्यसैले दुई वर्षको अन्तरालमा हुन लागेको वार्तालाई महत्त्वपूर्ण रूपमा लिन सकिन्छ ।  यो वार्तामा लिपुलेक र कालापानीको सीमा विवादबारे छलफल हुनेरनहुने टुङ्गो लागिसकेको छैन । यसबारे अन्योल रहेको स्रोतको दाबी छ । २०७७ को मंसिर ११ र १२ मा भारतका तत्कालीन विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालको औपचारिक भ्रमणमा आएर द्विपक्षीय वार्ता गरेयता परराष्ट्र सचिव स्तरीय वार्ता हुन सकेको छैन । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शुक्रबार संयुक्त रूपमा नेपाल–भारत परराष्ट्र सचिव स्तरीय द्विपक्षीय वार्ता…

Read More

कञ्चनपुर – नेपाली कांग्रेस कञ्चनपुरले एन डि भट्टलाई प्रदेशसभा क्षेत्र नं. ३ (क) को समानुपातिकका लागि सिफिरिस गरेको छ । हाल नेपाल ट्रेड युनियन कांग्रेसकाे सल्लाकारका रूपमा पार्टीमा काम गरिरहेका भट्टले नेपाल निवृत शिक्षक संघका जिल्ला अध्यक्षकाे जिम्मेवारी समेत समालिरहेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कञ्चनपुर ३ बाट संघमा रमेस लेखकसंगै आफ्नो पनि दाबी प्रस्तुत गरेका भट्टले पार्टीको निर्णय सिरोधार्य गर्दै आफुले पार्टीको निर्णयलाई सम्मान गरेको बताएका छन् । २०२८ सालदेखि पार्टी गतिविधिमा सक्रिय सहदै आएका भट्ट शैक्षिक, समाजिक र धार्मिक क्षेत्रमा पनि क्रियाशील छन् । आगामी निर्वाचनमा नेपाली कांग्रेसको विकल्प नभएको र पदेश…

Read More

काठमाडौँ- सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको हो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ । गठबन्धनको बैठक भोलि चार बजे बस्ने बताइएको छ । सिट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ । बैठकबाट शीर्ष नेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ ।

Read More

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न राज्यका विभिन्न तहमा बसेका व्यक्तिहरू गम्भीर हुन नसकेको बताएका छन्। शुक्रबार काठमाडौँमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई सम्बोधन गर्दै नेता खनालले पेट्रोलियम पदार्थको उपभोगलाई व्यापक कटौती गरे मुलुकको व्यापार घाटा निकै घटाउनुपर्ने भए पनि राज्यको ध्यान जान नसकेको बताएका हुन्। उनले धेरै कमिसन खोज्ने व्यक्तिहरू नै सरकारमा पुग्ने गरेकाले मुलुकको विकास रोकिएको र मुलुकलाई आत्मनिर्भर तर्फ पुर्‍याउने काम अवरुद्ध भएको बताए। आफ्नो मात्र लाभ खोज्ने नेताहरू धेरै भएका कारण पनि समस्या सिर्जना भएको उनको भनाइ छ । उनले नेपाली अर्थतन्त्र पर्यटन बेस अर्थतन्त्र विकास गर्ने आधार…

Read More

ललितपुर –  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताएकी छन् । ललितपुर महानगर-२२, महर्जन समाजको २५औँ वार्षिक साधारणसभा आज उद्घाटन गर्दै उनले भनिन्, ‘जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।’ आफूले बुङ्मतीका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल गरेको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन् । नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उनले आगामीका दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दु:ख व्यक्त गरेकी छन् । लैनचौरस्थित बेलायती दूतावासमा शुक्रबार दिउँसो पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दु:ख व्यक्त गरेकी हुन् । सात दशक राजगद्दीमा बसेकी ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार निधन भएको हो । शुक्रबार दिउँसो दूतावास पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । महारानीको निधन खबरले आफू दु:खी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र नेपाल सरकारको तर्फबाट एलिजाबेथप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् । दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनले एलिजाबेथको निधनप्रति दु:ख व्यक्ति गर्दै आफ्नो र नेपाल सरकार र जनताको तर्फबाट श्रद्धाञ्जली अर्पण गरेकी…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले युवाको भावना समेट्नेगरी चुनावी घोषणा पत्र ल्याउने बताएका छन्। कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा काठमाडौँको सुन्दरीजल पुगेर शर्माले पार्टीको घोषणा पत्रले युवाहरुलाई आगामी बाटो देखाउने दावी गरेका हुन्। उनले भने, ‘युवाहरुलाई आगामी बाटो देखाउने गरी कांग्रेसले घोषणा पत्र ल्याउँछ। घोषणापत्रले निरन्तर नविनता ल्याउँछ।’ कांग्रेस घोषणा पत्र मस्यौदा समितिका संयोजक समेत रहेका शर्माले कतै नेपाल श्रीलंका त हुने होइन भन्ने भ्रमपूर्ण प्रचार भइरहेको भन्दै अहिले नेपालमा त्यस्तो अवस्था नरहेको स्पष्ट पारे। उनले वीपी भनेको विचार र संस्कार भएको बताए। समाजलाई बुझ्ने क्रममा वीपीको दृष्टिकोण अहिले पनि जिवन्त रहेको उनको…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताउनुभएको छ । आज काठमाडौँको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै उहाँले मुलुकको विकासका सपना पूरा गर्न नाराले मात्र नभएर काममा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो । नेता सिंहले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताउँदै राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौँमा क्षेत्र नं १ ले देखाएको जिकिर गर्नुभयो । उहाँले सामुदायिक काम पारदर्शीरूपले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेता सिंह र बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले उपलब्ध गराउनुभएको सांसद विकास कोषअन्तर्गतको रकमबाट उक्त…

Read More

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैवाहिक अंगीकृत नागरिकताका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बोली फेरेकोप्रति आपत्ति जनाएका छन् ।  शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधानको पक्षमा रहेका प्रचण्डले पार्टी परित्याग गर्ने बितिकै आफ्नो बोली पनि परिवर्तन गरेको बताए । ‘प्रचण्ड स्वयं आफैंले नेकपाको समयमा के भन्नुभएको थियो भन्ने तपाईंहरुले सम्झिदिनुभयो भने …, उहाँले दृष्टिकोण किन बदल्नुभयो भन्ने कुराको रहस्य जनताका बीचमा आइदियो भने बडो राम्रो हुन्थ्यो’ पोखरेलले भने । उनले अघि भने, ‘उहाँले नेकपाको समयमा वैवाहिक अंगीकृतका हकमा भारतमा जे प्रोभिजन छ नेपालमा त्यही राख्नु उचित…

Read More

सिरहा– सिरहामा प्रहरीले लागूऔषध र विभिन्न हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट कल्याणपुर-२ का १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई पक्राउ गरेको हो । विशेष सुराकको आधारमा प्रहरीले साइकलमा आइरहेका मन्डललाई चेकजाँच गर्दा उनको साथबाट २ पता नाइट्रोजन ट्याबलेट, ३ पिस एम्पुल, तरबार, फर्सा एक/एक थान, फाइटर रिङ ६ थान, पेस्तोलजस्तो देखिने लाइटर एकथानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभास बुढाथोकीले जानकारी दिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More