Author: Nisha Shrestha

काठमाडौं – नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका विजयकुमार गच्छदारको मनोनयन खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। गच्छदारविरुद्ध काठमाडौँ वडा नम्बर ७ का विवेक अधिकारीले उजुरी दिएका हुन्। ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका गच्छदारलाई चुनाव लड्ने नैतिकता नभएको भन्दै उनले खारेजीको माग सहित निवेदन दिएका हुन्। ‘गच्छदारले २०४८ सालदेखि पटक-पटक त्यस क्षेत्रबाट निर्वाचित हुँदा राज्य शक्ति पद र पैसाको व्यापक दुरुपयोग गर्दै जनतालाई धम्क्याउँदै डर त्रास र प्रलोभन देखाएर निर्वाचन जितेको र मतगणनामा व्यापक धाँधली समेत गरेको भन्दै सर्वोच्चमा मुद्दा विचाराधीन छ,’ उजुरीमा भनिएको छ, ‘निजमाथि लागेको आरोप फैसला नहुन्जेल निर्वाचनमा भाग…

Read More

काठमाडौँ – चितवन मेडिकल कलेजको आइसियुभित्रै पसेर तोडफोड गरेको आरोपमा ११ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। कलेजले सिसिटिभी फुटेज र भिडिओमा देखिएका तोडफोड गर्नेहरूविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले ११ जनामध्ये ३ जनालाई पक्राउ गरिसकेको बताए। अन्यको खोजी भइरहेको उनले बताए। पाचन प्रणालीमा इन्फेक्सन भएर रगतमा फैलिएपछि धेरै अङ्गले काम गर्न छाडिसकेको अवस्थामा चितवन मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याइएका भरतपुर महानगरपालिका-१३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको गत सोमबार उपचारका क्रममा मृत्यु भएको थियो। दिउँसो सवा १२ बजे गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका कुँवरलाई तुरुन्तै आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। उपचारका…

Read More

कैलाली – सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ । कैलालीको गोदवरीमा रहेको विद्युतको टावर ढलेपछि आइतबार बेलुकीदेखि आपूर्ति बन्द भएको विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख निरञ्जन शाहले जानकारी दिए । बिजुली नहुँदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ ।

Read More

विराटनगर – नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन् । उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरे । ‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् भने समयमै उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनका विपक्षी उम्मेदवारलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यवहोरा जानकारी गराउँदछौँ ।’ प्रदेश अध्यक्ष नेम्वाङले अहिलेको गठबन्धन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई…

Read More

एजेन्सी – युक्रेनको राजधानी सहर किभमा शृंखलाबद्ध विस्फोट भएका छन् । लामो समयको अन्तरपछि किभमा विस्फोटका घटना सार्वजनिक भएका हुन् । मध्य किभमा दुई वटा शक्तिशाली विस्फोट भएका छन् भने अन्य स्थानमा पनि विस्फोट भएका छन् । आक्रमणमा धेरै मानिसको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ । रुसले विलय गराएको क्रिमिया जोड्ने पुलमा विस्फोट भएको दुई दिनपछि ती विस्फोट भएका हुन् । क्रिमिया जोड्ने पुलमा युक्रेनी सेनाले विस्फोट गराएको रुसले दाबी गर्दै आएको छ । उक्त पुल दक्षिणी युक्रेनमा रुसी सेनाका लागि आवश्यक सामग्री पठाउने मुख्य मार्ग रहेको थियो । यसैबीच, क्रिमिया पुलमा भएको विस्फोटबारे छलफल गर्न रुसी सुरक्षा…

Read More

पोखरा – नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले ल्याएको नयाँ ट्रफी गण्डकी प्रदेश आइपुगेको छ । विभिन्न ६ प्रदेश र विभन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश आइपुगेको हो। गण्डकीमा ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका छन् । सुन र चाँदीजडित ट्रफीको मूल्य १० लाख रुपैयाँ रहेको आयोजक राखेपले जनाएको छ । गण्डकीमा भने प्रतियोगिता अवधिभर ट्रफी प्रदर्शनका लागि राखिनेछ । ट्रफी सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकीले ट्रफी प्रदर्शन गर्न पाउनु गौरवको विषय रहेको सुनाए । मुख्यमन्त्री पोखरेलले ट्रफी प्रदर्शनमात्रै नभएर गण्डकी त्यसको हकदारसमेत रहेको दाबी गरे । गण्डकीमा हुन लागेको करिब…

Read More

काठमाडौँ – निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गङ्गा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् । हिजो आइतबार स्वतन्त्र उम्मेदवारी मनोनयन गराएकी चौधरीले दाङमा आज सोमबार बिहान सञ्चारकर्मी तथा सर्वसाधारणसँग एक भेलामा बोल्दै एमाले नेतृत्वले विदेशी दबाबमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको आरोप लगाएकी हुन् । विगतमा प्रतिनिधिसभाबाट तत्कालीन सांसद सरिता गिरिलाई आफूले आउट गर्न भूमिका खेलेको भन्दै उनले गर्व गरिन् । आफूलाई एमसीसीको विरुद्धमा आवाज उठाएको नतिजास्वरुप दण्डित गरिएको दाबी गरिन् । चौधरीका भनाइहरूबाट अब उनी एमालेमा छैनन् भन्ने अर्थ लाग्छ । तर यो वाक्य उनले सिधै घोषणा भने गरेकी छैनन् ।

Read More

काठमाडौँ – मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् । उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन ।

Read More

काठमाडौँ – नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिएको छ । दुई देशको परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गरिएको हो । संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र (एमओयु) मा सोमवार परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि इटालीका राजदूत भेन्सेन्जो डि लुकाले हस्ताक्षर गरेका छन् । परराष्ट्र मन्त्रालयमा आयोजि एक कार्यक्रमबीच एमओयुमा हस्ताक्षर गरिएको मन्त्रालयले जनाएको छ । दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र सहयोगका क्षेत्र विस्तार गर्न संयन्त्र महत्वपूर्ण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताएकी छन् । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ उद्घाटन गर्दै उनले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको बताइन् । ‘हाइड्रोजनको व्यावसायिक प्रयोग नवीनतम प्रविधि हो । यसको व्यापार सहज भइसकेको छैन । पर्याप्त जलस्रोत उपलब्ध भएकाले नेपालमा यसको सम्भावना अन्य देशको भन्दा बढी छ’, मन्त्री भुसालले भनिन्, ‘हाइड्रोजन ऊर्जा उत्पादन र व्यापारमा नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्छ ।’ हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले…

Read More