Author: Nisha Shrestha

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मेघ आलेले पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने भएका छन्। पार्टीले समानुपातिक प्रणालीको विधि उल्लङ्घन गरेको भन्दै उनले पार्टी नेतृत्वविरुद्ध उजुरी दिने भएका हुन् । जनजातितर्फको दुई नम्बरमा रहेको कारणले आफूलाई सांसद बनाउनुपर्ने उनको दाबी छ। २ करोड मागेको अडियो प्रकरणमा बिहीबार रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गर्दै ढाकाको ठाउँमा बिन्दबासिनी कंसाकारलाई पठाउने निर्णय गरेको छ । पार्टीले गरेको सोही निर्णयविरुद्ध नै उनले आयोगमा उजुरी दिन लागेका हुन् ।

Read More

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ लाई सुदूरपश्चिम प्रदेशको पहिलो बालश्रम मुक्त वडा घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका ७ सय ३४ वडा मध्य दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ लाई पहिलो वडाको रुपमा बुधबार एक कार्यक्रमको बीच बालश्रम मुक्त वडा घोषणा गरेको हो । बालश्रम मुक्त वडा घोषणा कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले सुदूरपश्चिम प्रदेशको लागि नमुना कामको सुरुवात भएको बताएका छन् । उनले भने ‘बालबालिकालाई कसैले पनि घर पसलमा काम गराएर बन्दी जीवन बिताउन बाध्य गराउन हुँदैन ।’ बालश्रम मुक्त अभियानले बालबालिकाले मुक्ति पाउने भएकाले यस अभियानलाई जिल्लाका…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तीबारे छिटै निर्णय गर्ने बताएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उक्त छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक गरी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको समेत…

Read More

काठमाडौँ – बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएका छन् । बिहीवार बिहान नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न ध्यानाकर्षण गराएका हुन् । नेपाल बार एशोसिएसनले बुधबार पत्रकार सम्मेलन गर्दै ७ देखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

Read More

बैतडी- बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट पक्राउ गरेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको…

Read More

काठमाडौं – नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।

Read More

काठमाडौँ- कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यसअघि मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु शून्य भएको तीन महिनापछि लगातार दुई दिन एक/एक जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना परीक्षण गर्दा १२१ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट आएसँगैै कोरोना संक्रमण पनि बढेको छ भने मृत्यु पनि भएको छ । देशभर बुधबार सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । यीमध्ये ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ११ जनाको आईसीयूमा उपचार भइरहेको छ । यस्तै, २५ जना संस्थागत आइसोलेसनमा छन् ।…

Read More

काठमाडौँ- प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति न्यून, बजेट रकमान्तर, प्रधानमन्त्रीको आगामी भारत भ्रमण, सङ्क्रमणकालीन न्याय, महिला योगदानको दस्ताबेजीकरण, मलखाद र सिँचाइलगायत समसामयिक मुद्दाले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको विशेष समय भाग लिँदै नेपाली कांग्रेसका राजेन्द्र बजगाईँले सदनमा प्रधानमन्त्री र मन्त्रीको उपस्थित कमजोर देखिएको र सदनमा उठाइएका कतिपय महत्वपूर्ण विषय पनि सम्बोधन नभएको बताए । उनले भने, ‘राष्ट्रिय गौरवका बूढीगण्डकीको बजेट अरू आयोजनाका लागि नपठाइयोस्, वैशाखभित्रै बूढीगण्डकीको शिलान्यास होस् र नेताहरूले चुनावका बेला गोर्खाका विभिन्न सडक कालोपत्रे गर्ने भने पनि हालसम्म त्यो पूरा भएको छैन ।’ नेकपा (एमाले)का ठाकुर गैरेले प्रधानमन्त्रीको आगामी भारत भ्रमण कहिले भन्ने तय भएको छ कि…

Read More

रौतहट – रौतहटको गरुडा नगरपालिकाका मेयर प्रत्याशी दीपक यादव आफ्ना मागहरु राख्दै नगरपालिकामा ताला लगाउन पुगेपछि प्रहरीसँग दोहोरो झडप भएको छ । उक्त झडपमा परि ६ प्रहरी घाइते भएका छन् । झडपका क्रममा प्रहरी निरीक्षक वीरेन्द्र पासवानसहित ६ प्रहरी घाइते भएका हुन्। गोलीको छर्रा भिडमा पुग्दा गरुडा-५ का गजेन्द्र साह घाइते भएका छन्। हाल उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले ११ राउन्ड हवाई फायर र पाँच राउन्ड अश्रुग्याँस समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Read More

काठमाडौँ – प्रधानन्यायाधिसको नियुक्त प्रक्रिया ढिला भइरहेकोमा १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे नेपाल बार एसोसिएसनले आन्दोलन गर्ने चेतवानी दिएको छ । नेपाल बार एसोसिएसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बुधवार पत्रकार सम्मेलन नै आयोजना गरेर उक्त चेतावनी दिएका हुन् । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाबारे ध्यानाकर्षण गराउन भोलि बिहीवार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई बारका पदाधिकारीले भेट्नेसमेत उनले जानकारी गराए । त्यसै गरी मुद्दाको पेशी व्यवस्थापनका लागि स्वचालित पेशी प्रणाली लागू गर्न समेत उनले माग गरेका थिए ।

Read More