Author: टेकसिंह धामी

धनगढीमा रहेर पत्रकारिता गर्दै आएका धामी महेन्द्रनगर पोष्ट डटकमका सम्पादक हुन् । उनीसँग रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, थाहा खबर लगायतका सञ्चारमाध्यमसँग काम गरेको अनुभव छ ।

धनगढीः नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका पूर्वसांसद रेशमलाल चौधरीले बहुविवाह गरेको खुलेको छ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएपछि जन्मकैद भुक्तान गरिरहेका र आज आममाफी पाएर रहा भएका चौधरीकी दुई पत्नी भएको खुलेको हो। स्रोतका अनुसार उनकी कान्छी पत्नी आशा चौधरी हुन्। धनगढी उपमहानगरपालिका-६ स्थित जालीमा माइत रहेकी उनीसँग रेशमले टीकापुर घटना हुनुभन्दा पहिला नै लगनगाठो कसेका थिए। अहिले बर्दीयामा रेडियो चलाएर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन्। आज बिहान डिल्लीबजार कारागारबाट बाहिर आएपछि फेसबुकमार्फत आशाले रेशमलाई बधाइ तथा स्वागत गरेकी छन्। रेशमसँग आफ्नी छोरीसहितको फोटो राख्दै उनले स्वागत तथा बधाइ दिएकी हुन्। यस्तै रेशमकी जेठी पत्नी भने…

Read More

धनगढी: कैलालीमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन्। आज (आइतवार) जिल्ला अदालत कैलालीमा रावलले आत्मसमर्पण गरेका हुन्। अदालत स्रोतका अनुसार उनको आजै बयान पनि लिइएको छ। तर, आदेश भने हुन बाकी रहेको छ। सम्भवत भोलि आदेश जारी हुने छ। कैलालीको लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय युवक भुपेन्द्र बडुवालको २०७८ कार्तिक २३ गतेको रात हत्या भएको थियो। रावलको समूहले आपसी दुस्मनी फेर्न खुकुरी प्रहार गर्दै लखेटेर बडुवालको हत्या गरेको तत्कालीन प्रहरी अनुसन्धानबाट पुष्टि भएको थियो। त्यसपछि बडुवाल हत्याको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो। उनीहरु अहिले कैद सजाय भुक्तान गरिरहेका छन्। उक्त प्रकरणमा जिल्ला…

Read More