धनगढी: सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुचारु हुने भएको छ। एमआरआई सेवा सुचारु गर्न सेतीले हिजो मेसिन ल्याएको हो।
अब चाँडै मेसिन जडान गरेर सेवा सुचारु गर्ने अस्पतालका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले जानकारी दिए।
सुदूरपश्चिमको खस्थायी मुकाम धनगढीमा अवस्थित अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामीले समस्या भोग्दै आएका थिए।
एमआरआई उच्चस्तरको प्रविधि हो। यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ।
त्यसले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुन्छ। ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ।
मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ।
Facebook Comments Box