धनगढी : सुदूरपश्चिम प्रदेश सरकार लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ । यही फागुन २३ र २४ गते हुने उक्त सम्मेलनका लागि सरकारले आवश्यक तयारी थालेको हो । सो सम्मेलनका लागि प्रदेश सरकारले लगानीकर्तासहितका विभिन्न निकायसँग छलफल अगाडि बढाएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले लगानीको पहिलो प्राथमिकता क्षेत्र ऊर्जा रहेको बताएका छन् । शाहले पहिलो प्राथमिकता ऊर्जा, दोस्रो पर्यटन, तेस्रो कृषि क्षेत्र भएको बताएका छन् । कृषि क्षेत्रमा पनि कोही ठुलो लगानी गर्न आउन चाहानेलाई सरकारले दिनुपर्ने सुविधा दिन तयार रहेको बताएका छन् ।
तर अहिलेसम्म प्रदेश सरकारले लगानी सम्मेलनमा पेस गर्ने आयोजनाबारे खुलाएको छैन । कुन क्षेत्रमा कस्ता र कति लगानीका आयोजनाको सम्भाव्यता अध्ययन भएका छन्, त्यस बारे खुल्न नसकेका हुन् ।
यसअघि सुदुरपश्चिममा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले २०७६ मङ्सिरमा एकदिने वित्तीय सम्मेलन गरेको थियो ।