धनगढी : बझाङका भुकम्प पिडित एक महिलालाई जीविकोपार्जनका लागि सहयोग गरिएको छ ।
युवा नेता बिष्णु ऐडीले थलारा गाउँपालिका-३ कुचकी सिद्धकला नेपालीलाई सिलाईकटाईको मेसिन सहयोग गरेका हुन ।
विपन्न परिवारकी सिद्धकलासंग सिप हुदाँहुदै पनि आर्थिक अभावका कारण सिलाईकटाईको मेसिन किन्न सकेकी थिइनन् ।
केही महिना अगाडी भुकम्प प्रभावितका टहरा निमार्णको क्रममा सिद्धकलाले आफ्ना समस्या सुनाएको र अहिले मेसिन सहयोग गरिएको युवा नेता ऐडीले बताए ।
यस्तै रुडुकको सहयोगमा जिल्लामा विभिन्न ठाउँका भुकम्प प्रभावितहरुलाई आश्वकताको आधारमा खाद्यन्न, ब्लाङकेट लगातयका सामाग्रीहरु सहयोग गरिएको उनले बताए ।
ऐडीले जिल्लामा भुकम्पबाट भत्कीएका विपन्न परिवारका घर टहरा निमार्ण अभियान सञ्चालन गर्दै व्यक्तिगत लगानिमा ठुल संख्यामा निमार्ण गरेका थिए ।
Facebook Comments Box