दार्चुला– दार्चुलाको किम्तडी भिरबाट लडेर बिचमा चौरीगाईलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । झण्डै १० दिन पहिले लडेको भिरमा फसेको चौरीगाईलाई सशस्त्र प्रहरीको विपद उद्धार टोलीले आइतबार मात्रै उद्धार गरेको हो ।
गाई धनीले घट्नाबारे सशस्त्र प्रहरीलाई आइतबार मात्रै खबर गरेकाले ढिलोगरि चौरीगाईको उद्धार भएको ४४ नम्बर गण हेडक्वाटर दार्चुलाले जनाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक केशवदत्त भट्टको नेतृत्वमा खटिएको १३ जना सशस्त्र प्रहरीको टोलीले डोरीको सहायताले गाईको उद्धार गरेको सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक जगत डागाले जानकारी दिए । उनका अनुसार चौरीगाई सौका समुदायका मानिस हो ।
महाकाली नगरपालिका–५ मा रहेको किम्तडी वनमा सौका समुदायका मानिसहरू आफ्ना गाईबस्तुलाई चराउन लैजाने गरेका छन् । ब्याँस गाउँपालिकाको छाङरु र तिंकरमा बसोबास गर्ने सौका समुदायकाले चौरीगाई पाल्ने गर्दछन् ।