काठमाडौं : विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा राखी मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
आदेशपछि उनलाई डिल्लीबजार कारागारमा लगिएको छ । १० माघमा पक्राउ परेदेखि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा थिए ।
विशेष अदालतले केही दिनअघि सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार र झुटो विवरण बुझाएर नियुक्ति लिएको छुट्टाछुट्टै दुई भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गरेको छ । अहिले उनीविरुद्ध विशेष अदालतमा दुई भ्रष्टाचारका मुद्दा विचाराधीन छन् ।
Facebook Comments Box