धनगढी: गोदावरी महानगरपालिकाले एकै एफएममा प्रकियाविपरीत झण्डै दुई लाख रकम खर्च गरेकाे छ। धनगढी उप-महानगरपालिकाका नगरप्रमुख गाेपाल हमाल (गोपी) सञ्चालक रहेकाे दिनेश एफएममा आर्थिक वर्ष २०७९/८० मा बिना कागजपत्र एक लाख ९७ हजार तीन सय ४५ रूपैयाँ भुक्तानी गरिएको पाइएको हाे।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ को उपनियम १० मा जिम्मेवार व्यक्तीले खर्च लेख्नुअघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक विल भरपाई र कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे वा नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ।
तर, दिनेश एफएम प्रालिलाई जनहीतमा जारी सूचना प्रसारण गरेवापत रू.१ लाख ९७ हजार ३४५ भुक्तानी भएकोमा सूचना प्रसारणको कार्यतालिका सहितको प्रशारण गरेको प्रमाण संलग्न नभएकाे महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
यसअघि गोदावरी महानगरपालिकाको महालेखा परीक्षकको प्रतिवेदन हुनुपर्नेमा त्रुटिवस अन्यथा भएकाले सच्याइएको छ। यसले पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।