कञ्चनपुरः कञ्चनपुरमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको बेलडाँडीस्थित चौधर नदीमा आएको बाढीमा बेपत्ता भएका युवक चौधर नदी बगरमा मृत अवस्थामा फेला हुन्।
असार २३ गते बेलडाडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका थिए। चौधरीको ५ दिनपछि चौधर खोलाकै नदी बगरमा हिजो (बिहीबार) शव फेला परेको बेलडाडी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गा चौधरीले बताए।
यस्तै कैलालीमा पनि एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलारका ६० वर्षीय मानबहादुर धामी डोडा नदीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन। यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box