काठमाडौं: भारतीय खुफिया एजेन्सी ‘रअ’का तत्कालीन नेपाल चिफ राघव भट्नागर फिर्ता भएका छन्। उनी आजमात्रै काठमाडौं छोडेर नयाँ दिल्ली फर्केका हुन्।
स्रोतका अनुसार उनी आज नेपाल एअरलाइन्सको जहाजबाट दिउँसो दिल्ली उडे।
उनको स्थानमा यस अगाडिको सातामात्रै अंशुल शर्मालाई पठाइएको थियो। नेपालमा सरकार फेरबदल र राजनीतिक उथलपुथलकै बेला शर्मा नेपाल पसेका थिए।
आजै नेपाली काँग्रेस र एमालेको नयाँ समीकरणसहित अर्को सरकार गठन प्रक्रिया प्रारम्भ भएको र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ। यहीँ क्रममा भट्नागर स्वदेश फर्केका हुन्।
यसअघि २०७८ वैशाखमा राजनीतिक संकट चुलिएका बेला अभिजित हल्दरको ठाउँमा भट्नागर काठमाडौं आएका थिए। उनी २०७८ बैशाखमा नयाँ प्रमुखको रूपमा नेपाल आएका थिए।
र, यो पनि: उथलपुथलकै बेला ‘रअ’ का नयाँ नेपाल प्रमुख काठमाडौं ओर्लिए
प्रचण्डको पद गयो, डेढ वर्षे सत्ता यात्रामा पूर्णविराम