धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । असार १० गते पूर्णखोप पालिका घोषणा गरेको शुक्लाफाँटामा बिहीबार दादुरा–रुबेलाका बिरामी फेला परेका हुन ।
आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको छ । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् । शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको छ ।
नगरपालिकाका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाएकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको
स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले पालिकाका दुई जना बालकमा दादुरा–रुबेला पुष्टि भएको बताए । उनले एक जना बालक बैतडीबाट आएको एक जना स्थानिय रहेको जानकारी दिए ।
पूर्णखोप सुनिश्चितताको बिषयमा बालबालिकाहरु बसाईसराई भइरहने भएकोले खोप लगाएको नलगाएको जानकारी नहुने बताए ।
पूर्णखोप पाउने उमेर समूहका दुई हजार नौ सय ७८ बालबालिकाले पूर्णखोप पाएको बताउदै दादुरा–रुबेला ‘आउट ब्रेक’हुनु स्वभाविक भएको बताए ।
इँटाभट्टालगायत मजदुरीमा संलग्न भारतीय परिवारका बालबालिकाले सङ्क्रामक रोगविरुद्धका खोप नलगाउने भएकाले यसबाट जोखिम बढ्दो रूपमा रहेको शाखा प्रमुख भट्टले बताए।