काठमाडौं : महानगरीय ट्राफिक प्रहरी प्रभाग कालिमाटीका प्रमुख प्रशन्न चौधरीमाथि नाबालिकासँग सम्बन्ध राखेको गम्भीर आरोप लागेको छ ।
शुक्रबार १७ वर्षीया ती किशोरीसँग न्यूरोड क्षेत्रमा असामान्य अवस्था भेटिएपछि किशोरीका बुवाले चौधरीलाई प्रहरीमा बुझाएका थिए ।
प्रहरीसँगको बयानमा किशोरीले भने इन्स्पेक्टर चौधरीको बचाउ गरेकी छिन् । किशोरी चौधरीप्रति आकर्षित भएको जनाउँदै आफूलाई मन परेको तर अहिलेसम्म कुनै अन्य सम्बन्ध नरहेको पनि जनाएकी छिन् ।
किशोरी र इन्स्पेक्टरबीचको सम्बन्धमा शंका लागेपछि अभिभावकले पिछा गरेका थिए ।
घटना सार्वजनिक भएपछि महानगरिय ट्राफिक प्रहरी महाशाखाले छानबिन सुरु गरेको छ । ट्राफिक महाशाखा प्रमुख एसएसपी जीवन श्रेष्ठले नै घटनाबारे छानबिन गरिरहेको स्रोतले जनाएको छ ।
चौधरी २०७० ब्याचका इन्स्पेक्टर, यो ब्याचका अधिकांश प्रहरी अधिकृत डिएसपी भइसकेका छन् ।