काठमाडौं: अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवक विवेक पंगेनीको मृत्यु भएको छ। अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो।
विवेकलाई ब्रेन क्यान्सर भएको थियो। चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन्। श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो।
निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजो उनको निधन भएको सिर्जनाका पिता शिव सुवेदीले पुष्टि गरे। विवेकका पिता मिनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेको बुझिएको छ। श्रीमानकाे अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई नेपालबाट बाेलाएकी थिइन्। शव नेपाल ल्याउने वा नल्याउने टुंगो नलागिसकेकाे सुबेदीले बताए।
विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा अमेरिका गएका थिए।