एजेन्सी: आज बिहान चीनको सिचाङ (तिब्बत) मा गएको भूकम्मा परी ५३ जनाले ज्यान गुमाएका छन्।
क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ।
आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो। केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ।
१० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। नेपाल, भारत, भुटान र बंगलादेशसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन।
Facebook Comments Box