धनगढी: कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक व्यक्तिको मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयाका २५ वर्षीय रविन्द्र राना मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार घटना आज बिहान करिब २:३० बजे भएको हो। उनका अनुसार राना आफ्नो बिरामी भतिजाको कुरुवाका रूपमा अस्पतालमा बसेका थिए।
“राना राति करिब २ बजेतिर शौचालय गएका थिए। लामो समयसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए,” डीएसपी बोहराले जानकारी दिए।
हाल मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
Facebook Comments Box