काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ।
डीएसपी पदमा भएको बढुवापछि रिक्त रहेका पदहरू पूर्ति गर्न आवश्यकतानुसार काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सरुवा भएका निरीक्षकहरूलाई अर्को आदेश नभएसम्मका लागि तोकिएको स्थानमा खटाइएको छ भने, अविलम्ब हाजिर हुन निर्देशन दिइएको छ।
काज सरुवाअनुसार प्रहरी प्रभाग पुल्चोकमा इन्स्पेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषामा नितेश कुमार सिंह, र जिल्ला ट्राफिक कार्यालय कैलालीमा चक्र बहादुर देउवाको काज सरुवा गरिएको छ।


Facebook Comments Box