धनगढी: बाजुरामा कर्णाली नदीमा माछा मार्न जाने क्रममा एक जनाकाे भीरबाट खसेर मृत्युु भएकाे छ।
आइतबार साँझ कर्णालीमा माछा मार्न गएका स्वामीकार्तिक खापर गाउँपालिका-२ फयल गाउँका अन्दाजी ४० वर्षीय पुसे भण्डारीकाे भीरबाट खसेर मृत्युु भएकाे प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चाैधरीले भीरबाट खसेका भण्डारीकाे घटनास्थलमै मृत्युु भएकाे जानकारी दिए।
उनकाअनुसार भीरबाट कर्णाली नदीकाे किनारमा खसेका भण्डारीकाे मृत्यु भएपनि शव भएकाे ठाउँसम्म प्रहरी पुग्न सकेकाे छैन्।
अहिले प्रहरी चाैकी जुद्दी र इलाका प्रहरी कार्यालय काेल्टीबाट प्रहरी निरीक्षक लाेकराज अवस्थी नेतृत्वकाे टाेली घटना भएको ठाउँसम्म पुगेकाे छ।
मृतककाे शव नदीकाे पारीपट्टी भएकाले कर्णाली तर्न सक्ने अवस्था छैन्। भण्डारीकाे शव भएकाे ठाउँसम्म पुग्न बाेट वा ट्युबकाे व्यवस्थापन गर्ने प्रयास भइरहेको छ।