काठमाडौं: नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीबाट एसपीमा बढुवा भएका दुई जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
रविन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेतलाई आईजीपी दीपक थापाले शुक्रवार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
उनीहरूलाई फागुन २८ मा बढुवा समितिले एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो। उनीहरू यसअघिको बढुवामा छुटेका थिए।
Facebook Comments Box