कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बरेली टोलस्थित भित्री सडक खण्डमा स्कुटर ट्याक्टरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
शनिबार भएको दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०२–००३ प ६७३२ नम्बरको स्कुटर सोही दिशातर्फ गइरहेको म १ त १०२० नम्बरको ट्याक्टरको पछाडि ठोक्किँदा स्कुटर पछाडि सवार भीमदत्त नगरपालिका–११ का ४० वर्षीय प्रेम गिरी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
स्कुटर चालक भीमदत्त नगरपालिका–११ भुजेला बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Facebook Comments Box