काठमाडौं: नेपाल प्रहरीका भूतपूर्व महानिरीक्षक प्रदीपसमशेर जंगबहादुर राणाको निधन भएको छ। जबराको गएराति ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदै छ।जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए। उनी नेपाल प्रहरीका १७ औँ महानिरीक्षक हुन्। केही समययता उनी गम्भीर बिरामी थिए।
Facebook Comments Box