धनगढी: कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको हो।
कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको हो। घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए।
उक्त घटनामा विमलाका तीन वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments Box