काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठक स्थलबाट बाहिरिएका छन् । पहिले माओवादीले प्रधानमन्त्री पाउनु पर्ने अडान राख्दै सरकार गठनबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्ड छलफलपछि बाहिरिएका थिए हुन् ।
प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । पछि बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल पनि पुगेका थिए ।
सत्तारुढ गठबन्धनमा आलोपालो सरकार बनाउँदा कसले पहिला नेतृत्व लिने भन्ने विवाद रहेको छ ।
नेपाली कांग्रेसले जनमतको आधारमा आफूले नै प्रधानमन्त्री र राष्ट्रपति पद पाउनुपर्ने अडानमा छ भने माओवादीले पूर्व समझदारी अनुसार प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेको छ ।
सत्तारुढ गठबन्धनको बैठकमा जानुअघि आइतबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । उनले आफ्नै निवास, खुमलटारमा उपमहासचिवसम्मका पदाधिकारीलाई बोलाएका थिए ।