काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलका लागि फेरि बालुवाटार पुगेका छन् ।
सत्तासमीकरणका लागि आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकबाट प्रधानमन्त्रीमा सहमति नजुटेपछि बाहिरिएका प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएपछि पुनः बालुवाटार पुगेका हुन् ।
खुमलटारमा छलफलपछि बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लिएर प्रचण्ड बालुवाटार मोडिएका हुन्। केहीबेर अघि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डका कारण गठबन्धन तोडिएको उद्घोष गरेका थिए।
प्रधानमन्त्रीमा देउवा र प्रचण्डले अडान राखेपछि गठबन्धन बैठक निष्कर्षबिहीन पुगेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी र्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ।
Facebook Comments Box