सर्लाही-नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। गएराति सम्पन्न मतगणनाअनुसार संस्थापन पक्षका सिंह १ हजार ७५८ मत ल्याएर निर्वाचित भएका हुन।
संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० मत बढी ल्याएर सिंह जिल्ला सभापतिमा विजयी भएको कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ। रायले १ हजार ३७८ मत मात्र ल्यानुभएको छ।
त्यसैगरी अन्य पदाधिकारीहरुमा पनि एक जना उपसभापति बाहेक सबै संस्थापन पक्षका नै निर्वाचित भएका छन्।उपसभापतिमा संस्थापन पक्षका डाक्टर सरोज यादवले १ हजार ७६४ मत र संस्थापन इतरका नविन अधिकारीले १ हजार ४९३ मतका ल्याएर विजयी भएका छन्।
संस्थापनका उपसभापतिका प्रत्यासी शेख शादुल्लाहले १ हजार ४७४ र इतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गरेका छन्।
त्यस्तै, सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ मत र मनोज यादव १ हजार ४२६ मतका साथ निर्वाचित हुनुभएको छ। संस्थापन इतरका सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ मत र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र ल्याए।
त्यसैगरी सह–सचिवमा संस्थापनका नै इन्द्रबहादुर योञ्जन १ हजार ७११ मत र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी भएका छन्।