काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विषयमा भ्रम फैलाउनेहरू नै एमसीसीको निर्णय प्रक्रियामा सामेल भएको बताएका छन्।
सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा भ्रम फैलाइएको भन्दै त्यो भ्रम फैलाउनेहरू नै एमसीसीको निर्णय प्रक्रियामा सामेल रहेको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले एमाले नेता भीम रावलले एमसीसीको सबैभन्दा विरोध गरिरहेको भन्दै उनले त्यस्तो बोल्न लाज मान्नुपर्ने समेत बताए ।
देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि जनाएका छन् । ।
‘देश अहिले स्थानीय निर्वाचनको संघारमा छ । आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्व छ, यसमा सरोकारवाला सबै प्रतिबद्ध हुनु आवश्यक छ,’ उनले भने ।