गोरखा – राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रीय सदस्य तथा समाजसेवी रामराज कोइरालाले गोरखा जिल्ला सिरानचोक गाउपालिका वडा नं. ४ स्थित आरुबोटेमा अवस्थित समृद्धि कृषि सहकारी संस्थालाई कुर्सी सहयोग गरेका छन् ।
विगत २०७१ सालदेखि संचालित यश कृषि सहकारी ग्रामिण किसानहरुको आर्थिक उपार्जन र जिबनस्तर उकास्नमा केन्द्रित रहेको थियो ।
विभिन्न व्यक्ति र सहयोगबाट स्थापना भएको उक्त सहकारी आजका दिनसम्म आईपुग्दा आफ्नै भवन समेत तयार गरेको छ । बैठक बस्नका लागि कुर्सीको अभाव देखेर राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त सहयोग गरेको हो ।
बुधबार एक कार्यक्रमकाबीच राप्रपाको प्रतिनिधित्व गर्दै राप्रविसं केन्द्रीय संयोजक जे.पी. बगालेले उक्त कुर्सी हस्तान्तरण गरेका हुन् ।
Facebook Comments Box